गृहपृष्ठ ∕ समाचार ∕ सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किदा एम्बुलेन्समा सवार ६ जनाकै मृत्यु सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किदा एम्बुलेन्समा सवार ६ जनाकै मृत्यु हेल्थ आवाज आईतबार, २०७६ मंसीर १५ गते, ०९:४३ मा प्रकाशित इटहरी—सुनसरीको हरिहरपुरमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किदा ६ जनाको मृत्यु भएको छ । शनिबार राति १ बजेतिर पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिहरपुरमा एम्बुलेन्स र ट्रक एकआपासमा ठोक्किएका थिए । दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँचसहित ६ को मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बोक्सेका २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३४ वर्षीय दुर्गाधन राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक संघ उदयपुरका अध्यक्ष आलमले बताए । विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नम्बरको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नं.को ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको हो । अहिले प्रहरीले फरार ट्रक चालकको खोजी गरिरहेको छ । मृतक सबैको शव इनरुवा राखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्