गृहपृष्ठ ∕ समाचार ∕ सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किदा एम्बुलेन्समा सवार ६ जनाकै मृत्यु सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किदा एम्बुलेन्समा सवार ६ जनाकै मृत्यु हेल्थ आवाज आईतबार, २०७६ मंसीर १५ गते, ०९:४३ मा प्रकाशित इटहरी—सुनसरीको हरिहरपुरमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किदा ६ जनाको मृत्यु भएको छ । शनिबार राति १ बजेतिर पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिहरपुरमा एम्बुलेन्स र ट्रक एकआपासमा ठोक्किएका थिए । दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँचसहित ६ को मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बोक्सेका २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३४ वर्षीय दुर्गाधन राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक संघ उदयपुरका अध्यक्ष आलमले बताए । विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नम्बरको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नं.को ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको हो । अहिले प्रहरीले फरार ट्रक चालकको खोजी गरिरहेको छ । मृतक सबैको शव इनरुवा राखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री