२०८३ भदौ २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ

नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ


काठमाडौं—नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश प्रसाद ढकालसहित पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले भक्तपुरको जग्गा खरिद प्रकरणमा थापा र ढकालसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा राजेश देशमरु, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी छन् । उनीहरुमाथि सिआईबीले रेडक्रसको गोदामघर सञ्चालनका लागि भक्तपुरको भक्तपुर नगरपालिका—४ स्थित जग्गा खरिद गर्दा विचौलियामार्फत ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेकामा सो रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ विचौलियाले लिई खाएको आरोप लगाएको छ ।

यस्तै, ५—१३—३—० जग्गा किनिएकामा फिल्डमा ५—६—२—१ मात्र पाइएको सिआईबीले जनाएको छ । उनीहरुलाई रेडक्रसलाई हानी नोक्सानी गराई ठगी गरेको आरोपमा सिआईबीले अनुसन्धानका लागि भक्तपुर जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो ।

Screenshot


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ