गृहपृष्ठ ∕ कर्पोरेट ∕ गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, ११:१८ मा प्रकाशित बुटवल—बुटवलको एक निजी उपचार केन्द्रले सामाजिक उत्तरदायित्वसहित जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विरामीको निःशुल्क चेकजाँच गरेको छ । अस्पताल लाइनमा सञ्चालनमा आएको गोल्ड मेडिक्रस हेल्थ केयर सेन्टरले ७० वर्ष उमेर माथिका सबै जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विपन्न वर्गलाई सधैभरि निःशुल्क चेकजाँच गरेको हो । रकमको अभावमा औषधि किन्न नसक्ने विपन्नलाई औषधि पनि निःशुल्क दिने संस्थाको नीति रहेको सञ्चालक यादव कार्कीले बताए । विद्यमान अवस्थामा सरकारी स्वास्थ्य संस्थाहरुले मात्रै सबै बिरामीलाई उपचार सेवा पु¥याउन नसकिरहेको अवस्था रहेकाले स्वास्थ्य र शिक्षा क्षेत्रका सातजना व्यक्तिले एक करोड २० लाख रुपैयाँ लगानी गरेर हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याइएको कार्कीले बताए । हेल्थ केयर सेन्टरमा १० जना विशेषज्ञ डाक्टरहरुले बिरामीको चेकजाँच गर्ने कार्कीले बताए । सेन्टरलाई ओपीडी अर्थात वहिरंग उपचार सेवा केन्द्रका रुपमा स्थापित गर्ने र बिरामीलाई छिटोछरितो र विश्वसनीय सेवा दिने लक्ष्य रहेको कार्कीले बताए । सेवा शुभारम्भका अवसरमा माघ ६ गतेदेखि ८ गतेसम्म तीन दिन सबै विरामीको चेकजाँच (डाक्टरको शुल्क) निःशुल्क गरिएको र युरिक एसिड तथा मधुमेह (सुगर) रोगको परीक्षण पनि निःशुल्क गरेको कार्कीले जानकारी गराए । होल बडी चेकजाँच र भिडियो एक्सरे शुल्कमा पनि ५० प्रतिशत छुट गरेको उनले बताए । क्याटेगोरी : कर्पोरेट, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?