गृहपृष्ठ ∕ कर्पोरेट ∕ गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, ११:१८ मा प्रकाशित बुटवल—बुटवलको एक निजी उपचार केन्द्रले सामाजिक उत्तरदायित्वसहित जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विरामीको निःशुल्क चेकजाँच गरेको छ । अस्पताल लाइनमा सञ्चालनमा आएको गोल्ड मेडिक्रस हेल्थ केयर सेन्टरले ७० वर्ष उमेर माथिका सबै जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विपन्न वर्गलाई सधैभरि निःशुल्क चेकजाँच गरेको हो । रकमको अभावमा औषधि किन्न नसक्ने विपन्नलाई औषधि पनि निःशुल्क दिने संस्थाको नीति रहेको सञ्चालक यादव कार्कीले बताए । विद्यमान अवस्थामा सरकारी स्वास्थ्य संस्थाहरुले मात्रै सबै बिरामीलाई उपचार सेवा पु¥याउन नसकिरहेको अवस्था रहेकाले स्वास्थ्य र शिक्षा क्षेत्रका सातजना व्यक्तिले एक करोड २० लाख रुपैयाँ लगानी गरेर हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याइएको कार्कीले बताए । हेल्थ केयर सेन्टरमा १० जना विशेषज्ञ डाक्टरहरुले बिरामीको चेकजाँच गर्ने कार्कीले बताए । सेन्टरलाई ओपीडी अर्थात वहिरंग उपचार सेवा केन्द्रका रुपमा स्थापित गर्ने र बिरामीलाई छिटोछरितो र विश्वसनीय सेवा दिने लक्ष्य रहेको कार्कीले बताए । सेवा शुभारम्भका अवसरमा माघ ६ गतेदेखि ८ गतेसम्म तीन दिन सबै विरामीको चेकजाँच (डाक्टरको शुल्क) निःशुल्क गरिएको र युरिक एसिड तथा मधुमेह (सुगर) रोगको परीक्षण पनि निःशुल्क गरेको कार्कीले जानकारी गराए । होल बडी चेकजाँच र भिडियो एक्सरे शुल्कमा पनि ५० प्रतिशत छुट गरेको उनले बताए । क्याटेगोरी : कर्पोरेट, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा