२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सायोग चिकित्साका १९ महत्व र ध्यान दिनुपर्ने १५ कुरा

योग चिकित्साका १९ महत्व र ध्यान दिनुपर्ने १५ कुरा


मनमा उत्पन्न हुने दुःखका भाव, बेचैनी वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई प्रसव (पीडा) भनिन्छ । मनमा आएका दुःखका भावहरुबाट मुक्त भइ आफ्नो स्वरुप वा आनन्दमा रमाउनु प्रति प्रसव (पीडाबाट मुक्त) हो । यो नै योग चिकित्साको आधार हो ।

आधुनिक समयमा आधुनिक चिकित्सा विज्ञानको खोज अनुसन्धानले दिन प्रति दिन फरक—फरक स्वरुपमा देखा पर्ने सरुवा रोगहरुको उपचार सहज रुपमा उपलब्ध भएतापनि नसर्ने रोगहरु तथा मानसिक रोग (मधुमेह, उच्च रक्तचाप, क्यान्सर, श्वासप्रश्वास प्रणालीजन्य रोग, माइग्रेन, डर चिन्ता, डिप्रेसन, मोटोपन, ह्रदयघात, मस्तिष्क घात) न्यूनीकरण एउटा डरलाग्दो समस्याका रुपमा देखा पर्दैछन् ।

अहिले योग चिकित्सामा गरिएका विभिन्न अनुसन्धानजन्य प्रयोगात्मक अभ्यास हरुले यी रोग ब्यवस्थापन र न्यूनीकरणमा निम्न आयामहरु थपिएको पाइन्छ ।

१. नियमित गरिने योग अभ्यासले इन्सुलीन निर्माण तथा इन्सुलीन अवरोधलाइ कम गरी रगतमा चिनीको सन्तुलन कायम गर्दछ । जसले मधुमेह रोग नियन्त्रणमा भूमिका खेल्दछ ।
२.  नियमित गरिने योग अभ्यासले स्वतन्त्र नाडी संस्थानअन्तर्गत सिम्पाथेटिक नर्भस सिस्टमको गतिविधिलाई कम गरी उच्च रक्तचाप तथा मानसिक तनावजन्य रोगहरु कम गर्न सकिन्छ ।
३. योगले मुटुका रक्त नलीहरु साघुरिएर हुने कोरोनरी हार्ट डिजिजमा फाइदा पु¥याउने अमेरिकी चिकित्सक डिन अर्नेसले प्रमाणित गरेका छन् ।
४. योगले भेगस नर्भको गतिविधि बढाइ मुटु र फोक्सोको गति नियन्त्रणमा भूमिका खेल्दछ ।
५. नियमित गरिने योग अभ्यासले नेचुरल किलर सेलको संख्या बढाइ क्यान्सर प्रतिरोध क्षमता बढाउँछ ।
६. योगले सेरोटोनिन गावाजस्ता स्नायु प्रणाली संघ सम्बन्धित रसायनहरु बढाइ मानसिक तनाव र डिप्रेसनजस्ता मानसिक रोगहरु न्यूनीकरणमा भुमिका खेल्दछ ।
७. योगले मस्तिष्कको भावनात्मक केन्द्र लिम्बिक कर्टेक्सलाई प्रभावित पारी सम्पूर्ण स्नायु प्रणालीका कामलाई चुस्त दुरुस्त राख्न सहयोग गर्दछ ।
८. योगले मुडडिसअर्डर, सिजोफ्रेनिया, सोमाटाइजेसन, डर चिन्ताजस्ता मानसिक रोगको उपचारमा प्रयोग भएका औषधीको दुष्प्रभाव कम गर्न सहयोग गर्दछ ।
९. योगले हाइपोथालामसमा भएका तृप्ति केन्द्र र साइटिक सेन्टरमा प्रभाव पारी अत्यावश्यक भोजनमा नियन्त्रण गर्दछ । जसले मोटोपनजन्य रोगहरु न्यूनीकरणमा भूमिका खेलिरहेको हुन्छ ।
१०. रगतमा भएको खराब बोसोको मात्रा कम गरी रगत शुद्धीकरणमा सहयोगी भूमिका खेल्दछ । जसले हृदयघात, मस्तिष्कघात तथा रक्तसंचार प्रणालीका रोगहरु न्यूनीकरणमा टेवा थप्दछ ।
११. योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन गर्न सिकाउँछ, जसले मनमा गहिरो विश्राम दिइ अम्लपित्त, ढाड दुख्ने समस्या, माइग्रेन, दम, महिनावारी वेदना अनियमित मासिक श्राप, विभिन्न हर्मोनहरुमा सन्तुलन कायम गर्न भूमिका खेल्दछ ।
१२. योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई रोग प्रतिरोधात्मक क्षमतामा उर्जा बढाउँछ ।
१३. योगले मेलाटोनिन, इन्डोर्फिन, अक्सिटोक्सिनजस्ता रसायन बनाउन मद्दत गरी खुसी, आनन्द तथा प्रेमयुक्त वातावरण निर्माण गर्दछ ।
१४. धुम्रपान, मध्यपान तथा लागु पदार्थको लत हटाउँदैं खराब दुष्प्रभाव हटाउन पनि योग महत्वपूर्ण छ ।
१५. योगले शरीरमा एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ ।
१६. नियमित योग अभ्यासले सात्विक र सन्तुलित आहार प्रयोगको अनुशासित दिन चर्या सिकाउँछ ।
१७. योगले मनलाई सान्त राख्न र मस्तिष्कको क्रियासिलता बढाउदै सम्झने शक्तिको बिकास गर्दछ।
१८. योगले दुःख पीडाका भावहरु हटाउँदै पुनःस्थापना क्रियामा सहयोग गर्दछ । जसबाट स्ट्रेस हर्मोन र कोर्टिसल हर्मोनको मात्रा घटन गएर मानसिक तनावजन्य रोगहरु कम गर्न सकिन्छ ।
१९. स्कुल योग शिक्षाले बालबालिका र शिक्षकहरुमा नयाँ उर्जा थपेको विभिन्न अध्यनहरुले पुष्टि गरेका छन् ।

योग गर्दा ध्यान दिनुपर्ने कुराहरु

सबैभन्दा पहिला खुला र पर्याप्त अक्सिजनयुक्त ठाउँ योग चिकित्साको लागि छुट्याउनु पर्दछ ।
१. दिसा पिसाब गरी खाली पेटमा गरेको अभ्यास शारीरिक र मानसिक दुवै रुपले प्रभावकारी मानिन्छ ।
२.  सुर्योदय हुनुभन्दा १–२ घण्टा अगाडि गरेको अभ्यास अत्यन्तै महत्वपूर्ण हुने विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन् ।
३. ठोस खाना खाएको कम्तीमा ३ घण्टापछिको समय निर्धारण गर्नुपर्छ ।
४.  हल्का र खुकुलो पहिरनमा अभ्यास प्रभावकारी हुन्छ ।
५. ढाड, कम्मरका समस्या, नसा च्यापिएको, हड्डी खिइएको, बाथ रोगीजस्ता समस्याहरुमा होशियारपूर्वक अभ्यास गराउनु पर्दछ ।
६. मानसिक तनावयुक्त र चिन्तित ब्यक्तिहरुलाई मन्त्र योग, लय योग र भक्ति योगका साथै सांगीतिक रमाइलो वातावरण सिर्जना गराएर अभ्यास सुरु गर्नु पर्दछ ।
७. योग चिकित्सा सुरु गर्दा रोगको पैचान, बिरामीको शारीरिक अवस्था र मानसिक स्वरुपको विचार गर्नु पर्दछ ।
८. अभ्यास सुरु गराउँदा ब्यक्तिको रुचि, संस्कार, धर्म र संस्कृतिको ख्याल गर्नु पर्दछ । रोगको प्रकृति र ब्यक्तिको सामथ्र्य बुझेर अभ्यास गराउँदा सकारात्मक भावको विकास गर्न मद्दत मिल्दछ ।
९. अभ्यासको क्रममा शारीरिक सक्रियता र विश्राम दुवैको सन्तुलन कायम हुनु पर्दछ ।
१०. श्वास प्रश्वासको गति नमिलेको अभ्यास रोग नियन्त्रणमा प्रभावकारी हुँदैन् ।
११. कुनै विशेषवास्थामा बाहेक नाकबाट मात्रै श्वास लिने र छोड्ने गर्नु पर्दछ ।
१२. अभ्यास सुरु गर्दा योग चिकित्सक वा कुशल योग शिक्षकको निगरानीमा गर्नु पर्दछ ।
१३. कोठा भित्र अभ्यास गर्दा झ्याल–ढोका खुला राखी पर्याप्त अक्सिजन संचार हुने वातावरण बनाउनु पर्दछ ।
१४.  कुनै आसन वा प्राणायाम बिरामी वा साधकलाई छोएर गराउनुपर्ने हुन सक्छ, त्यस्तो अवस्थामा बिरामीसँग अनुमति लिनु आवश्यक हुन्छ ।
१५. कुनै पनि ब्यक्तिको ब्यक्तिगत विवरणलाई गोप्य राखेर चिकित्सा गर्नु पर्दछ । आहार, निन्द्रा, ब्रह्माचर्य, ब्यायाम, स्नान र ध्यानलाई अपनाइ गरेको योग चिकित्सा अत्यन्तै प्रभावकारी मानिन्छ ।

(लेखक योग अभियन्ता तथा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र रुकुम पूर्वका नि. कार्यलय प्रमुख हुन् ।)


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)