२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटविपन्न नेपालको वृहत स्वास्थ्य शिविरबाट ३८५ जनाले लिए सेवा

विपन्न नेपालको वृहत स्वास्थ्य शिविरबाट ३८५ जनाले लिए सेवा


काठमाडौं – विपन्नका लागि स्वास्थ्य नेपालले वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। निर्मल बाल विकास विद्यालय भिमसेनगोलामा सोमबार आयोजित  शिविरमा कानको समस्या,पाठेघरको समस्या, मुटुसम्बन्धि समस्या भएका व्यक्तिहरुको उपचार गरिएको हो ।

सो सेवाबाट ३ सय ८५ जनाले स्वास्थ्य सेवा लिएका छन्। जसमध्ये ६२ जना बालबालिका, १४६ जना पुरुष र १७७ जना महिला रहेका छन् । शिविरमा महिला स्वास्थ्य (गाईनो),बालबालिका,नाक,कान,घाँटी,अर्थोपेडिक,मुटु लगायतका समस्या भएका मानिसहरुले स्वास्थ्य सेवा लिएका थिए । विपन्नका लागि स्वास्थ्य नेपालका मेडिकल संयोजक तथा बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले २१३ जनाको इसिजी, १०३ जनाको इको जाँच र निशुल्क औषधि समेत वितरण गरिएको जानकारी दिए।

 

उनले बालबालिकाहरुमा अधिकांशलाई डाउन सिन्ड्रोम देखिएको भन्दै अपाङ्गता (डाउन सेन्ड्रोम) भएका बालबालिकाहरुका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

उक्त स्वास्थ्य शिविरमा नर्सिङ तर्फबाट स्वास्थय शिविरको नेतृत्व कोपिला श्रेष्ठ पालिखेले गरेकी थिइन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, प्रसूति रोग विशेषज्ञ डा. रोजिना मानन्धर,डा. प्रकाश खनाल,डा. निरज कुमार सिंह,डा.श्याम पुजारी, डा. सरोज कार्की, डा. कृपेश लामिछाने,डा. दिपशिखा शाह, विशाल गुरुङ,गणेश गिरी, ममत भट्टराई,डा.गृष्मा उपे्रती र अर्जुन बाँनियाले स्वास्थ्य सेवा दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ