२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटन्यूरो अस्पताल र राउण्ड टेबलबीच सम्झौता : उपचारमा २० प्रतिशत छुट

न्यूरो अस्पताल र राउण्ड टेबलबीच सम्झौता : उपचारमा २० प्रतिशत छुट


विराटनगर—विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । न्यूरो अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटमा अस्पताल र राउण्ड टेबलबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराई र राउण्ड टेबल नेपालका अध्यक्ष सौरभ केडियाले सम्झौता—पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता—पत्रमा उल्लेख भए अनुसार न्यूरो हस्पिटलमा उपचार गराउँदा नेपालभरिका राउण्ड टेबलका पदाधिकारी र सदस्यहरु तथा उनका आश्रित परिवारले २० प्रतिशतसम्म छुट पाउने छन् ।

विराटनगर राउण्ड टेबल ५ का अध्यक्ष अश्विनी बंसलको सहकार्यमा सो सम्झौंता भएको हो । यस अवसरमा हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्धेश्यले दुई पक्षीय समझौता गरेको बताए ।

यस्तै, राउण्ड टेबल नेपालका अध्यक्ष सौरभ केडियाले पछिल्लो समय भारतका चर्चित अस्पतालहरुमा हुने न्यूरो सर्जरी, मुटु सम्बन्धिलगायतका उपचार नेपालको प्रदेश नं १ को राजधानी विराटनगरको न्यूरो हस्पिटलमा हुँदै आएको छ । हस्पिटलले यसअघि पनि विराटनगरको ग्लोबल आईएमई बैंक, सनराइज बैंक, नेपाल पत्रकार महासंघलगायतका दर्जनौं संघसंस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुलाई छुटसहितको स्वस्थ्य सो प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ