२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटआस्था क्लिनिकले ल्यायो छुट योजना, ल्याबमा ५० प्रतिशतसम्म छुट

आस्था क्लिनिकले ल्यायो छुट योजना, ल्याबमा ५० प्रतिशतसम्म छुट


विराटनगर – विराटनगर ९ अस्पताल चौकस्थित आस्था क्लिनिक एण्ड डाइग्नोष्टिकले बिरामीहरूको लागि छुट योजना ल्याएको छ ।  १ असारको  क्लिनिकमा ल्याबमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

क्लिनिकले आइतबार पत्रकार सम्मेलन गरी  १ असारदेखि सुगर, थाइराइट र जन्डिसको जाँचमा ५० प्रतिशत छुट दिइने संचालक कमलेश कुमार कर्णले जानकारी दिए । सुगर, थाइराइट र जन्डिसबाहेक अन्य सम्पूर्ण ल्याब जाँचमा ज्येष्ठ नागरिकहरूलाई २५ प्रतिशत छुट योजना ल्याएको उनले बताए ।

क्लिनिकमा आएर बिरामीले स्वास्थ्य उपचार गरेका बिरामीलाई औषधीमा १० प्रतिशत छुट पनि दिएको छ । ‘यो छुट योजना १ असारदेखि बिरामीहरूलाई उपचारमा सहज पु¥याउन ल्याएको छ, ’ संचालक कर्णले भने, ‘यो छुट योजना अर्को सूचना नभएसम्मको लागि लागू गरिएको हो ।’

अत्याधुनिक उपकरण जडान गरि संचालन ल्याएको ल्याबमा सम्पूर्ण प्रकारको जाँच हुने गरेको छ । आस्था क्लिनिकमा बाल रोग विशेषज्ञ, फिजिसियन, हार्डजोर्नी तथा नशारोग विशेषज्ञ, छाला यौन तथा चरम रोग विशेषज्ञ, सर्जन, नाक, कान, घाँटी रोग विशेषज्ञ, वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेष चिकित्सकहरू राखेर दैनिक ओपीडी सेवाहरू सुचारु गरेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ