२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटविश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट

विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट


काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिक प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा विशेष छुटमा परीक्षण गर्ने भएको छ । क्रिष्टलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल राउतकाअनुसार विश्व मधुमेह दिवसका दिनका लागि डाइबटिज प्रोफाइल परीक्षणमा छुट प्याकेज ल्याइएको हो ।

डाइबिटिज प्रोफाइल टेष्ट सोमबार (विश्व मधुमेह दिवस)को अवसरमा क्रिष्टलले ३ हजार रुपैयाँ उपलब्ध गराउनेछ । डाइबिटिज प्रोफाइलमा एचबीए१सी, सिबीसी, लिपिड प्रोफाइल, युरिन रुटिङ, लिभर फङसन टेष्ट, रेनल फङसन टेष्ट, फ्री डाक्टर कन्सल्टेसन, फ्री बीएमआई र बिपी स्क्रिनिङ रहेका छन् । यसअघि क्रिष्टलमा यो प्याकेजको ४ हजार २ सय ९५ रुपैयाँ रहेको थियो ।

‘हामीले विशेष छुटमा यो परीक्षण गर्दैछौं,’ राउतले भने, ‘भोलि सर्वसाधारणले कम शुल्कमा परीक्षण गर्ने सुविधा पाउनु हुनेछ ।’ क्रिष्टल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ए वर्गको मान्यताप्राप्त प्रयोगशाला हो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ