२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोरोनाविरुद्धको खोपमा गण्डकी अग्रस्थानमा, ७५ प्रतिशतलाई लगाइयो खोप

कोरोनाविरुद्धको खोपमा गण्डकी अग्रस्थानमा, ७५ प्रतिशतलाई लगाइयो खोप


पोखरा – गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३ सय ९६ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएकोमा १३ हजार १ सय ९ जनालाई खोप लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आइतबारमात्रै २ हजार ८ सय ४७ जनाले खोप लगाए ।

पहिलो चरणको खोप अभियानमा १३ हजार १ सय ९ जनाले खोप लगाएका छन् । यो लक्ष्यको ७५.३५ प्रतिशत हो ।  हालसम्म कास्कीमा ५१५४, गोरखामा १०२०, तनहुँमा ११०८, नबलपुरमा ७३०, म्याग्दीमा ५३१, जनाले खोप लगाएका छन् ।

यस्तै, पर्वतमा ८८४, मुस्ताङमा १९४, मनाङमा १५०, लमजुङमा १२४३, बागलुङमा ९५७ र स्याङ्जामा ११४७ जनाले खोप लगाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु कोइरालाले जानकारी दिए ।

खोपका लागि गण्डकीका ११ जिल्लामा १४ केन्द्र निर्धारण गरिएको थियो । त्यसमा केही उपकेन्द्र थप गरी आइतबार २४ केन्द्रबाट खोप लगाइएको उनले स्पष्ट पारे ।

खोप लगाएका मध्ये कसैलाई पनि स्वास्थ्यमा समस्या नआएको निर्देशक कोइरालाले बताए । कोही कोहीलाई भने सामान्य ज्वरो, टाउँको दुख्ने र खोप लगाएको ठाउँमा दुख्ने भएको छ ।

बेलायतमा भेटिएको नयाँ प्रजातिको कोरोना संक्रमित ३ जना भेटिएको स्पष्ट पारे । उनले भने, ‘डब्लुएचओको सहयोगमा हङकङमा गरिएको ल्याब परीक्षणमा ३ जनालाई नयाँ प्रजातिको कोरोना पुष्टि भएका हो ।’

गत पुस २७ गते पठाइएको नमुना जाँचको नतिजा माघ ५ गते प्राप्त भएको पनि उनले सुनाए । संक्रमित २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा पछिल्लो जाँचबाट कोरोना नेगेटिभ पाइए पनि ६७ वर्षीय पुरुषमा भने कोरोना पोजेटिभ नै भेटिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ