२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराको ठूला खेतका ३४ जनामा कोरोना संक्रमण

पोखराको ठूला खेतका ३४ जनामा कोरोना संक्रमण


पोखरा-पोखरा–२३ ठूला खेतमा एकै टोलका ३४ जनामा कोराना संक्रमण पुष्टि भएको छ । वडामा संक्रमण तीव्र भएको भन्ने जानकारी पाएपश्चात वडाको बैठक बसेर वडा सिल गर्ने तयारीमा रहेको पोखरा–२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले बताए ।

ठूला खेतमा ३४ जनामा संक्रमण पुष्टि शुक्रबार भएको हो भने यसअघि ३ जनामा कोरोना संक्रमण भएको थियो । जसमध्ये ७२ वर्षीय १ पुरुषको मृत्यु भइसकेको वडाध्यक्ष पराजुलीले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र बनाउन आउने र गाउँमा अर्घुंमा आउने मानिसका कारण कोरोना संक्रमण तीव्र भएको हुनसक्ने अध्यक्ष पराजुलीले बताए । पोखरा–२३ मा वैशाख १४ गतेसम्म राष्ट्रिय परिचयपत्र बनाउने कार्यक्रम चलिरहेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)