२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशखाडीका नेपाली श्रमिकले ५६० थान अक्सिजन सिलिन्डर पठाउने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५० थान

खाडीका नेपाली श्रमिकले ५६० थान अक्सिजन सिलिन्डर पठाउने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५० थान


पोखरा-नेपालमा अक्सिजन सिलिन्डर अभाव भइरहेको समाचार सुनेका खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले नेपालका लागि ५६० थान अक्सिजन सिलिन्डर पठाउने भएका छन् ।

अक्सिजन सिलिन्डर नेपाल एअरलाइन्सको वाइडबडीमार्फत शनिबार बेलुका काठमाडौं आइपुग्ने कास्की आदर्श समाज साउदी अरेबियाका अध्यक्ष अमर सापकोटाले जानकारी दिए ।

उनका अनुसार सातै प्रदेशमा अक्सिजन सिलिन्डर पठाइनेछ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि कास्की आदर्श समाज साउदी अरेबियाले ५० थान सिलिन्डर पठाएको उनले स्पष्ट पारे ।

एनआरएन मातहतका विभिन्न संघसंस्था मिलेर ओमानमा खरिद गरी ५६० थान अक्सिजन सिलिन्डर जम्मा पारिएको हो ।

खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुबाट सहयोग संकलन गरी पठाइएको अक्सिजन सिलिन्डरले नेपालीहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)