२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगोरखा अस्पतालमा ५७ वर्षीय पुरुषको मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो

गोरखा अस्पतालमा ५७ वर्षीय पुरुषको मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो


पोखरा—गोरखा अस्पतालमा शल्यक्रिया गरेर गोरखा—३ नरकेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्केको बोतल निकालिएको छ । आइतबार तीन घण्टा लामो शल्यक्रिया गरेर मलद्वरामा अडकिएको बोतल निकालिएको अस्पतालमा निमित्त मेडिकल सुपरिटेडेन्ट डा. सिद्धार्थ खनालले जानकारी दिए ।

ती पुरुषको मलट्ठारमा बोतल अड्किएर पेटमा संक्रमण फैलिएपछि सिरियस भएर अस्पताल आएका थिए । करिब १ महिनादेखि उनको मलद्वारमा बोतल अड्केको थियो ।

बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्ध भएको अवस्थामा उनी आइतबार बिहान १० बजे अस्पतालको इमर्जेन्सीमा आएको डा. खनालले बताए ।

एक्स—रे गर्दा मलद्वारमा बोतल देखिएपछि अस्पतालका सर्जनद्वय डा. जितेन्द्रकुमार सिंह र डा. विश्वराज खड्का, एनेस्थेसियोलोजिस्ट डा. शम्भु अधिकारीलगायतको टिमले १० सेमी लामो र ७.५ सेमी चौडाइ भएको बोतल निकालेका हुन् ।

शल्यक्रिया पश्चात् बिरामीको होस आइसकेको र हाल बिरामीलाई आईसीयुमा राखेर उपचार भइरहको छ । आईसीयुमा औषधि दिइरहनुपरेकाले डिस्चार्जबारे एकिन नभएको डा. खनालले बताए ।

ती पुरुषको मलद्वारमा कसरी बट्टा अड्कियो भन्नेबारे बिरामी निको भएपछि जानकारी लिइने डा. खनालले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ