२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्य५० वर्षपछि महिलाहरु पुरुषको तुलनामा किन चाडैं बुढो हुन्छन् ?

५० वर्षपछि महिलाहरु पुरुषको तुलनामा किन चाडैं बुढो हुन्छन् ?


महिलाको अनुहारमा बुढ्यौली पुरुषको तुलनामा किन चाडैं देखिन्छ ? वैज्ञानिकहरुले यसको कारण पत्ता लगाउनका लागि अनुसन्धान गरेका छन् । भियना युनिभर्सिटीले यस विषयमा एउटा अनुसन्धान गरेको थियो । शोधकर्ताहरुकाअनुसार ५० वर्षको उमेरसम्म महिला र पुरुषको स्कीनमा उमेरको प्रभाव एउटै प्रकारको हुन्छ । त्यसपछि महिलाको अनुहारमा तीब्र गतिमा उमेरको असर देखिन्छ, जबकी पुरुषमा यो बदलाव बिस्तारै हुन्छ ।

अनुहारमा देखिने प्रभावलाई बुझ्नका लागि शोधकर्ताहरुले २६ देखि ९० वर्ष उमेरमा ८८ जना महिला र पुरुषलाई अनुसन्धानमा सहभागी गराएका थिए । कम्प्युटरको सहयोगबाट उनीहरुको अनुहारको ६ सय अलग—अलग भागको विश्लेषण गरिएको थियो ।

शोधकर्ताले अनुसन्धानका क्रममा महिलाहरुमा ५० वर्ष पार गरेपछि मेनोपोज सुरु हुन्छ । यस क्रममा शरीरमा सेक्स हार्मोक इस्ट्रोजन कम हुने कारणले अनुहारको सुन्दरतामा ह्रास आउन थाल्छ, उमेरको असर तीब्रताका देखिन थाल्छ । आँखा सानो हुन थाल्छ, नाक र काम ठूलो र ढिलो देख्न थाल्छ । बोसो घट्ने कारणले चेहरा फ्रुस्रो देखिन थाल्छ ।

अनुसन्धानमा सत्तहमा आएको अर्को तथ्य बुढो अवस्थामा तपाई कस्तो देखिनुहुन्छ, यो कुरा ५० वर्षको उमेरमा राम्रोसँग बुझ्न सकिन्छ । यद्यपी, एक महिलाभन्दा अर्को महिलामा मेनोपोज उमेरअनुसार थोरै अन्तर हुन सक्छ । अनुसन्धानकाअनुसार महिलाको उमेर ५० भन्दा पछि तीब्र गतिमा बुढ्यौलीतिर हिडिरहेको हुन्छ ।

६० वर्षपछि भने उमेरपछि प्रभाव अनुहार विस्तारै देखिन थाल्छ । विस्तारै—विस्तारै चाउरिपना सुरु हुन्छ । उमेरको प्रभाव प्रोटिन कोलेजनमाथि असर गर्छ, जसले छालालाई लचिलोपन प्रदान गर्छ ।


एजेन्सीबाट


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ