२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यलिभोन ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ विजेता बन्दैं निशाले जितिन बाइक

लिभोन ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ विजेता बन्दैं निशाले जितिन बाइक


काठमाडौं— लिभोनले भाटभटेनी डिपार्टमेन्ट स्टोरसँग मिलेर ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजना को विजेता सार्वजनिक गरेको छ । विजेता घोषणा कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्तामध्ये एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् ।

जसअनुसार यो महिनाका लागि ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ विजेता कुपन नं. ३३४० भएकी कपनकी निशा सुनुवार बनिन । उनले यामाहा फेसिनो बाइक जित्न सफल भइन् । उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए ।

लिभोनले भाटभटेनी डिपार्टमेन्ट स्टोरसँग मिलेर ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजना संचालन गरिरहेको छ । यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरिद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।

यो उपभोक्ता योजना आगामी ३ महिनासम्म चल्ने लिभोनले जनाएको छ । लिभोन मेरिकोको एक स्थापित ब्राण्ड हो, उक्त ब्राण्डले केश स्याहारको दायरामा विविध उत्पादनहरु छन् । जसमा प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छन् ।

लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु अब नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरमसँगसँगै अत्यन्त सुलभ मूल्यमा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ