२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यकसरी गर्ने आँखाको स्याहार ?

कसरी गर्ने आँखाको स्याहार ?


आँखा हाम्रो व्यक्तिगत परिचायक हो । हामीले नबोलेको धेरै कुरा आँखाले बोल्छन्। छाला र कपालजस्तै आँखा पनि स्वस्थ शरीरको पहिचान हो। लामो समयसम्म बिरामी पर्दा होस् वा शारीरिक तथा मानसिक रुपमा दुःखी महसुस गरिरहेको बेला आँखाबाट सुस्तता र तनाव झल्किन्छ। उज्यालोको कम वा बढी प्रयोगले हाम्रा आँखामा नराम्रो असर पार्छ।

खासगरी नजिकबाट किताब पढ्दा, टिभी हेर्दा, मोबाइल चलाउँदा र कम्प्युटरको प्रयोगले हाम्रो आँखामा नराम्रो असर पार्छ। र, आँखा जहिले पनि थकित देखिन्छन्। यसको निमित्त कम्तिमा ६, ८, र १० इन्चको दूरीबाट पढ्ने वा हेर्ने गर्नुपर्छ। आँखालाई स्याहार गर्न हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ।

आँखाको स्याहार गर्ने सरल टिप्स :

  • ‘विच हेजेल’ भएको गुलाबजललाई कपासमा राखेर १० देखि १५ मिनेट आँखामा राख्ने जसले थकित आँखालाई आराम दिन्छ।
  • कोरेसोमा आलुलाई कोरेर आँखामा प्याक लगाउने। यस प्याकलाई २० मिनेटसम्म राख्ने र निकाल्ने। यस्तो गर्दा आँखा वरिपरी रहेको कालो घेरा डार्क सर्कललाई कम गर्छ।
  • सातामा एकपटक आइप्याकको प्रयोग गर्नुपर्दछ।
  • राति सुत्नुअघि रोगन बदाम तेलले आँखाको वरपर र आँखीभौ वरपर र परेलामा मसाज गर्नुपर्दछ।
  • हत्केलालाई राम्ररी रगडेर तताएर आँखा सेक्ने गर्नुपर्दछ।
  • घाममा निस्कदा सन ग्लासको प्रयोगले आँखालाई सुरक्षित राख्न सकिन्छ ।

यसबाहेक स्वस्थ आँखाको लागि सन्तुलित खानाको आवश्यक पर्छ। जस्तैः हरियो सागपात बढीभन्दा बढी मात्रामा खानुपर्दछ। हरियो सागसब्जीले आँखाको ज्योति बढाउनको साथै आँखामा चमक पनि ल्याउने गर्छ। यस्तै, फलफूलले आँखालाई रतन्धो रोगसँग लड्ने क्षमता प्रदान गर्छ।

आँखाको लागि भिटामिन ‘ए’ र ‘बी’ अपरिहार्य

भिटामिन ‘ए’ आँखालाई चाहिने अत्यावश्यक भिटामिन हो। बटर, पनिर, दूधजस्ता दुध पदार्थ र गाँजर, गोलभेडा, ब्रोकाउली, फर्सीजस्ता तरकारीमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ। फलफूलमा मेवा, आँप, एभोकाडो, एप्रिकोट आदिमा भिटामिन ‘ए’ का प्रमुख स्रोत हुन्।

भिटामिन ‘बी’ को कमीले गर्दा आँखामुनि रातो हुने, सुनिन्ने र मसिनो फोका उठ्ने जस्ता समस्या देखा पर्छन्।

हरियो सागपात, दूध, कलेजो, अण्डा आदि भिटामिन बी का प्राकृतिक स्रोत हुन्। आँखालाई स्वस्थ राख्न ब्यायाम पनि जरुरी छ। हरेक दिन हल्का व्यायाम गरेर आँखालाई स्वस्थ बनाउन सकिन्छ।

आँखाको व्यायाम गर्ने तरिका

कुनै पनि वस्तुलाई केन्द्रविन्दु बनाएर निश्चित दूरीमा राख्ने र एकनास आँखा झिम्मिकै नगरी एक मिनेटसम्म हेरिरहने। यस्तो प्रक्रिया दोहोर्याइरहने।

टाउँको नघुमाइकन आँखाको नानीमात्र तलमाथि गरिरहने, एकछिन् तल र एकछिन माथि ३ मिनेटसम्म गर्ने।

टाउँको नघुमाइकन दायाबाट बायाँ र बायाँबाट दायाँ घडीको उल्टो र सुल्टो दिशाजस्तै गरी एकदेखि दुई मिनेटसम्म आँखा घुमाउने।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ