२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा हातलाई मुलायम बनाउन घरमै मेनिक्योर कसरी गर्ने ?

जाडोमा हातलाई मुलायम बनाउन घरमै मेनिक्योर कसरी गर्ने ?


जाडोको मौसममा छाला सुख्खा हुने गर्छ। जसकारण यो मौसममा विशेष हेरचाह गर्नु पर्ने हुन्छ। जाडोमा मोइश्चराइजरको कमीले गर्दा अनुहार, हात र खुट्टाको छाला सुख्खा हुने गर्छ। सबैभन्दा बढी सुख्खा हुने भनेको हातको छाला हो।

भाँडा माझ्ने, लुगा धुने, घरको सरसफाई लगायतको काम गर्दा हातको छाला सुख्खा हुनुको साथै फुट्ने र कालो हुने गर्दछ। कतिपय महिलाको त चीसो पानीले औंला सुनिएर रगत जम्ने, निलो रङको धब्बा बस्ने जस्ता समस्या देखा पर्दछ। त्यसैले जाडोमा हातको विशेष स्याहारको आवश्यकता हुन्छ ।

साताको एकपटक घरमै मेनिक्योर

हातको माथिल्लो भागको छाला पातलो हुने हुँदा पानीको काम धेरै गर्दा छिटै चाउरी पर्ने समस्या देखा पर्छ। त्यसैले, सातामा १ पटक वा बढीमा १५ दिनभित्र मेनिक्योर गराउनुपर्दछ। मेनिक्योर भनेको हात र औंलाको हेरविचार गर्ने विधि हो ।

मेनिक्योर गर्न ब्युटी पालर नै धाउनुपर्छ भन्ने छैन। घरेलु सामाग्रीको प्रयोगबाट पनि मेनिक्योर गर्न सकिन्छ। मेनिक्योरकै लागि भनेर समय निकाल्न नसके पनि राति सबै काम सकेपछि मेनिक्योर गर्न सकिन्छ। सबैभन्दा अघि हातलाई राम्रो सँग साबुनपानीले पखालेर मोइश्चराइजर क्रिमले १० मिनेट जति मसाज गर्नुपर्छ। यसको लागि छुटै मसाज गर्नु पर्दैन।

टिभी हेर्दा होस या कुरा गर्दागर्दै हातको मसाज गर्न सकिन्छ। यसरी हात सफा सुन्दर हुन्छन र मसाजले दिनभरिको थकान पनि मेटाउने गर्छ। हातमा हाम्रो शरीरको सबै अङ्गको प्रेसर पोइन्ट हुने भएकोले यसले हातलाई मात्र होइन सम्पूर्ण शरीरलाई नै आराम दिन्छ।

मेनिक्योर गर्ने तरिका

  • मेनिक्योर गर्नुअघि हातमा नेल पलिस लगाएको छ भने हटाउनु पर्दछ।
  • त्यसपछि नेल फाइलरको मद्दतले नङलाई आफुले चाहे जस्तो आकार दिने।
  • मनतातो पानीमा नुन, स्याम्पु, कागतीको रस, गिलश्रीन राख्ने र यसको मिश्रणमा १० मिनेट हात डुबाउने।
  • मेनिक्योर ब्रस या छैन भने साधारण ब्रसले नङलाई सफा गर्ने। यस्तो गर्दा नङको फोहोर निस्कन्छ।
  • त्यसपछि सफा पानीले हात धुने र पुछ्ने।
  • नङमा जैतुनको तेल अथवा भ्यास्लिन राखेर नङको मालिस गर्ने।

ध्यान दिनुपर्ने कुराहरु

  • कपडा धुँदा, भाँडा माझ्दा सकेसम्म पन्जाको प्रयोग गर्ने।
  • काम सकिएपछि ह्याण्ड वा बडी लोशन लगाउने।

क्याटेगोरी : टिप्स, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ