गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ अनुहारको छालालाई घामबाट जोगाउने वरिष्ठ ब्युटिसियन रावलको यस्तो सुझाव अनुहारको छालालाई घामबाट जोगाउने वरिष्ठ ब्युटिसियन रावलको यस्तो सुझाव सुष्मा रावल वरिष्ठ ब्युटिसियन बिहीबार, २०७७ चैत्र २६ गते, १६:०८ मा प्रकाशित घाममा एक किसिमको विकिरण हुन्छ जसलाई ‘अल्ट्रा भोइलेट’ भनिन्छ। यो यस्तो विकिरण हो जसले हाम्रो छाला र कपालमा प्रत्यक्ष असर गर्दछ। फलस्वरूप हामी प्रत्यक्ष घाममा हिड्दा हाम्रो अनुहार, शरीरको छाला र कपालमा प्रष्टै असर पारेको देख्न सकिन्छ। हामीले हाम्रो अनुहारलाई घामबाट जोगाइ राख्नको लागि केहि उपाय अपनाउनुपर्ने हुन्छ जसले अनुहारलाई घामबाट डढन दिदैंन यस्ता छन् उपाय :- हाम्रो अनुहारलाई मध्यान्हको घामको किरणले अझै बढी असर पार्ने हुनाले उक्त समयमा सकेसम्म घर बाहिर ननिस्कने। मध्यान्हमा घामको युभी विकिरण अझै बढी प्रभावकारी हुने हुँदा यदि बाहिर निसक्नै परेको खण्डमा पनि बाहुला भएको र हातखुट्टा छोप्ने खालका कपडा लगाउने। घाममा बाहिर निस्कनु अघि राम्रो खालको पीए+++ र बढी एसपीएफ भएको प्रोटेक्सन भएको क्रिम लगाउने। सन प्रोटेक्सन क्रिम जहिले पनि घाममा निस्किने आधा घण्टा अघि लगाउने। सनस्क्रिनको प्रयोग गर्दा घाम हुँदा र नहुँदा दुवै अवस्थामा गर्नुपर्दछ। सनस्क्रिन हरेक २/३ घण्टाको फरकमा पुन प्रयोग गर्नुपर्दछ। किनभने सनस्क्रिनको कार्य क्षमता २/३ घण्टा मात्रै हुन्छ। हातखुट्टामा पनि एसपीएफ भएको बडी लोशन या मोस्चोराइजरको प्रयोग गर्नुपर्दछ। सधै डे क्रिमको छनौट गर्दा ‘युभीए’ र ‘युभीबी’ ब्लक गर्ने छ छैन हेर्नु पर्दछ। घाममा निस्किनु पर्दा एसपीएफ भएको क्रिमसँगै कपालमा ह्याट र आँखाको लागि सनग्लासको प्रयोग गर्ने। नरिवलको तेल र घ्युकुमारीको प्रयोगले पनि हाम्रो छालालाई केहि हदसम्म घामबाट जोगाउँछ। लुगाको रङले पनि केहि हदसम्म घामको विकिरण छेक्दछ। अध्यारो खालको कपडाले उज्यालो रङको कपडाले भन्दा बढी घामको विकिरण छेक्दछ। क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने