गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ अनुहारको छालालाई घामबाट जोगाउने वरिष्ठ ब्युटिसियन रावलको यस्तो सुझाव अनुहारको छालालाई घामबाट जोगाउने वरिष्ठ ब्युटिसियन रावलको यस्तो सुझाव सुष्मा रावल वरिष्ठ ब्युटिसियन बिहीबार, २०७७ चैत्र २६ गते, १६:०८ मा प्रकाशित घाममा एक किसिमको विकिरण हुन्छ जसलाई ‘अल्ट्रा भोइलेट’ भनिन्छ। यो यस्तो विकिरण हो जसले हाम्रो छाला र कपालमा प्रत्यक्ष असर गर्दछ। फलस्वरूप हामी प्रत्यक्ष घाममा हिड्दा हाम्रो अनुहार, शरीरको छाला र कपालमा प्रष्टै असर पारेको देख्न सकिन्छ। हामीले हाम्रो अनुहारलाई घामबाट जोगाइ राख्नको लागि केहि उपाय अपनाउनुपर्ने हुन्छ जसले अनुहारलाई घामबाट डढन दिदैंन यस्ता छन् उपाय :- हाम्रो अनुहारलाई मध्यान्हको घामको किरणले अझै बढी असर पार्ने हुनाले उक्त समयमा सकेसम्म घर बाहिर ननिस्कने। मध्यान्हमा घामको युभी विकिरण अझै बढी प्रभावकारी हुने हुँदा यदि बाहिर निसक्नै परेको खण्डमा पनि बाहुला भएको र हातखुट्टा छोप्ने खालका कपडा लगाउने। घाममा बाहिर निस्कनु अघि राम्रो खालको पीए+++ र बढी एसपीएफ भएको प्रोटेक्सन भएको क्रिम लगाउने। सन प्रोटेक्सन क्रिम जहिले पनि घाममा निस्किने आधा घण्टा अघि लगाउने। सनस्क्रिनको प्रयोग गर्दा घाम हुँदा र नहुँदा दुवै अवस्थामा गर्नुपर्दछ। सनस्क्रिन हरेक २/३ घण्टाको फरकमा पुन प्रयोग गर्नुपर्दछ। किनभने सनस्क्रिनको कार्य क्षमता २/३ घण्टा मात्रै हुन्छ। हातखुट्टामा पनि एसपीएफ भएको बडी लोशन या मोस्चोराइजरको प्रयोग गर्नुपर्दछ। सधै डे क्रिमको छनौट गर्दा ‘युभीए’ र ‘युभीबी’ ब्लक गर्ने छ छैन हेर्नु पर्दछ। घाममा निस्किनु पर्दा एसपीएफ भएको क्रिमसँगै कपालमा ह्याट र आँखाको लागि सनग्लासको प्रयोग गर्ने। नरिवलको तेल र घ्युकुमारीको प्रयोगले पनि हाम्रो छालालाई केहि हदसम्म घामबाट जोगाउँछ। लुगाको रङले पनि केहि हदसम्म घामको विकिरण छेक्दछ। अध्यारो खालको कपडाले उज्यालो रङको कपडाले भन्दा बढी घामको विकिरण छेक्दछ। क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा मेकअप गर्नेले दिनुहोस् यी ५ कुरामा ध्यान गर्मीका लागि उपयुक्त ५ फ्रुट्स फेस प्याक धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन