गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ यसरी गरौँ घरमै मेकअप (विधि सहित) यसरी गरौँ घरमै मेकअप (विधि सहित) रेणु शाक्य राना वरिष्ठ ब्युटिसियन, प्रोत्साहानाज ब्युटीपालर मंगलबार, २०७८ वैशाख ७ गते, १५:२७ मा प्रकाशित मेकअप एउटा यस्तो कला हो जसले महिलाहरुको सुन्दरतामा निखार ल्याउँछ । यो एउटा यस्तो कला हो जसले अनुहारमा सुन्दरताको थप उर्जा दिन्छ भने जसको अनुहारमा समस्या देखिएको हुन्छ ती कमिकमजोरीहरुलाई लुकाएर राम्रो नयाँ लुक्स दिइन्छ । मेकअप एक छिनको लागि गरिने अथवा अस्थायी सिमित समयको लागि गरिने कला हो तर यसले मान्छेको व्यक्तित्वमा निखार ल्याएर आत्माविश्वास बढाउँछ । त्यसैले, आजभोलि बजारमा यसको माग बढेको छ ।अथवा, भन्नुपर्दा अहिलेको समयमा मेकअप नगरेको महिला कम भेटिन्छ । समयको माग तथा गतिसँगै मेकअप गर्ने विधिमा धेरै परिवर्तन आएको छ । बजारमा पनि साही कुरालाई ध्यानमा राखी मेकअपका फरकफरक अवधारण अनुसार विभिन्न प्रकारका नयाँ-नयाँ साधनहरु भित्रिएको पाइन्छ । हामीले हाम्रो छालाको प्रकार हेरिकन सोहि अनुरुप मेकअप गर्नेगर्नु पर्दछ । यसरी गर्नुहोस मौसम अनुसार गरिने मेकअप के-के लगाउने त ? अहिलेको सुख्खा मौसममा हाम्रो छाला हावाले गर्दा सुख्खा हुने गर्दछ । यसको साथै अनुहारमा धूलो पर्ने हुन्छ । त्यसले गर्दा छालामा धेरै किसिम रोगहरु आउँदछ । यस कारणले सबभन्दा पहिला त अनुहारको छालाको स्याहार गर्ने जरुरी हुन्छ । हामीले अनुहारको छालालाई कायम राख्न धेरै जरुरी छ । यसका सथै हामीले मेकअप गर्न जरुरी भएकोले मेकअप कसरी गर्ने के-के साधनहरुको प्रयोग गरी मेकअप गर्न सकिन्छ त भन्ने बारेमा जानकारी हुन आवश्यक हुन्छ । साधनहरु प्रयोग गर्द आफ्नो छाला अनुरुप प्रयोग गर्नु पर्दछ । कसरी गरिन्छ वा के-के प्रयोग गरिन्छ ? सबभन्दा पहिले क्लिजिंग मिल्क प्रयोगले छालाको फस्ट लेयरमा भएको फोहोर सफा गर्ने । त्यसपछि आफ्नो छाला अनुसारको टोनर प्रयोग गर्ने । टोनरले पोरस बन्द गर्ने सहयोग गर्छ । अनुहार नरम होस् भनेर मोश्चाराइजर लगाउने । यदि ओइली स्किन छ भने ओइल फ्री वाला मोश्चाराइजर प्रयोग गर्ने । नर्म लडेको लागि भने न्यूड मेकअप गर्ने । यो गर्दा स्किन केर माँइस्चराइजर ,बि बि क्रीम तथा सिन्टेड मोश्चाराइजर लगाउनु उपयुक्त हुन्छ । आँखामा आइस्याडो हल्का लगाउने । आइलाइनर पनि पातलो लैनमा गर्दा राम्रो देखिन्छ । गालामा ब्लसरको प्रयोग लाइट पिंकमा गर्ने र त्यस माथि हाई लाइटको प्रयोग गर्ने । अन्तमा कमपेक्ट पाउडरले मेकअप सेट गर्ने भएकोले अनुहार ड्राई हुने भएको हल्का लाएर सेट गर्ने । समारोह, पार्टिहरुमा गरिने मेकअप यो समयमा मेकअप गर्दा अनुहारमा अन्डर आई डार्कसर्कल भए कन्सिलर प्रयोग गर्नुपर्दछ । त्यस्तै, अनुहारमा चाँया पोतो भएको खण्डमा एल्लो कनसिलर प्रयोग गर्नु पर्दछ । हेबि मेकअप गर्ने हो भने फाउन्डेसनमै वाटर वेट अर्थात वेल बेसको फाउन्डेसन प्रयोग गर्ने सकिन्छ । यस्तो फाउन्डेसनमा हाई कभरेज हुन्छ र मोश्चाराइजर लेवल पनि मेनटेन गर्दछ । आइब्रो करेकसनमा अनुहारको छालाको रंगअनुसार प्रयोग गर्नु पर्छ जस्तै लाइट ब्राउन-ग्रे र डार्क ब्राउन । रेगुलर ब्रसले आइको करेकसन गर्न सकिन्छ । आई मेकअप गर्दा ओकेजन,ड्रेस,ड्रेसको कलर र समय हेरेर गर्दा राम्रो हुन्छ । आइलाइनर लगाउँदा लिक्युड वा जेल लाइनर प्रयोग गर्दा राम्रो देखिन्छ । यति गरिसकेपछि आइ लसेस लगाउन मन भए लगाउने होइन भने भोलुम वाला मस्कारा प्रयोग गर्दा पनि राम्रो देखिन्छ । आँखा भित्र कालो वा ब्राउन गँजल लगाउने । त्यसपछि गालामा ब्रोन्जिङ र ब्लस लगाउन सकिन्छ । ब्रोन्जिङ हल्का म्याटमा छाला भन्दा दुई सेप डार्क कलर गर्नुपर्दछ ।भने त्यसमा क्रिमी वा म्याटमा प्रयोग गर्न सकिन्छ । लिपिस्टिक पनि अक्सर ड्रोस हेरेर म्याटमा लाँन्ग लास्टिंग प्रयोग गर्न सकिन्छ । त्यसपछि सेटिङ्ग स्पे्र अन्तमा प्रयोग गर्न यसो गर्नले मेकअप लामो समय सम्म टिक्छ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय TFN ट्रेण्डिङ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप एनालाइसिस* गरिदै कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप एनालाइसिस* गरिदै कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन