२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्ययसरी गरौँ घरमै मेकअप (विधि सहित)

यसरी गरौँ घरमै मेकअप (विधि सहित)


मेकअप एउटा यस्तो कला हो जसले महिलाहरुको सुन्दरतामा निखार ल्याउँछ । यो एउटा यस्तो कला हो जसले अनुहारमा सुन्दरताको थप उर्जा दिन्छ भने जसको अनुहारमा समस्या देखिएको हुन्छ ती कमिकमजोरीहरुलाई लुकाएर राम्रो नयाँ लुक्स दिइन्छ ।

मेकअप एक छिनको लागि गरिने अथवा अस्थायी सिमित समयको लागि गरिने कला हो तर यसले मान्छेको व्यक्तित्वमा निखार ल्याएर आत्माविश्वास बढाउँछ । त्यसैले, आजभोलि बजारमा यसको माग बढेको छ ।अथवा, भन्नुपर्दा अहिलेको समयमा मेकअप नगरेको महिला कम भेटिन्छ ।

समयको माग तथा गतिसँगै मेकअप गर्ने विधिमा धेरै परिवर्तन आएको छ । बजारमा पनि साही कुरालाई ध्यानमा राखी मेकअपका फरकफरक अवधारण अनुसार विभिन्न प्रकारका नयाँ-नयाँ साधनहरु भित्रिएको पाइन्छ । हामीले हाम्रो छालाको प्रकार हेरिकन सोहि अनुरुप मेकअप गर्नेगर्नु पर्दछ ।

यसरी गर्नुहोस मौसम अनुसार गरिने मेकअप

के-के लगाउने त ?

  • अहिलेको सुख्खा मौसममा हाम्रो छाला हावाले गर्दा सुख्खा हुने गर्दछ । यसको साथै अनुहारमा धूलो पर्ने हुन्छ ।
  • त्यसले गर्दा छालामा धेरै किसिम रोगहरु आउँदछ ।
  • यस कारणले सबभन्दा पहिला त अनुहारको छालाको स्याहार गर्ने जरुरी हुन्छ ।
  • हामीले अनुहारको छालालाई कायम राख्न धेरै जरुरी छ ।
  • यसका सथै हामीले मेकअप गर्न जरुरी भएकोले मेकअप कसरी गर्ने
  • के-के साधनहरुको प्रयोग गरी मेकअप गर्न सकिन्छ त भन्ने बारेमा जानकारी हुन आवश्यक हुन्छ ।
  • साधनहरु प्रयोग गर्द आफ्नो छाला अनुरुप प्रयोग गर्नु पर्दछ ।

कसरी गरिन्छ वा के-के प्रयोग गरिन्छ ?

  • सबभन्दा पहिले  क्लिजिंग मिल्क प्रयोगले छालाको फस्ट लेयरमा भएको फोहोर सफा गर्ने ।
    त्यसपछि आफ्नो छाला अनुसारको टोनर प्रयोग गर्ने ।
  • टोनरले पोरस बन्द गर्ने सहयोग गर्छ ।
  • अनुहार नरम होस् भनेर मोश्चाराइजर लगाउने ।
  • यदि ओइली स्किन छ भने ओइल फ्री वाला मोश्चाराइजर प्रयोग गर्ने ।
    नर्म लडेको लागि भने न्यूड मेकअप गर्ने । यो गर्दा स्किन केर माँइस्चराइजर ,बि बि क्रीम तथा सिन्टेड मोश्चाराइजर लगाउनु उपयुक्त हुन्छ ।
  • आँखामा आइस्याडो हल्का लगाउने ।
  • आइलाइनर पनि पातलो लैनमा गर्दा राम्रो देखिन्छ ।
  • गालामा ब्लसरको प्रयोग लाइट पिंकमा गर्ने र त्यस माथि हाई लाइटको प्रयोग गर्ने ।
  • अन्तमा कमपेक्ट पाउडरले मेकअप सेट गर्ने भएकोले अनुहार ड्राई हुने भएको हल्का लाएर सेट गर्ने ।

समारोह, पार्टिहरुमा गरिने मेकअप

  • यो समयमा मेकअप गर्दा अनुहारमा अन्डर आई डार्कसर्कल भए कन्सिलर प्रयोग गर्नुपर्दछ ।
  • त्यस्तै, अनुहारमा चाँया पोतो भएको खण्डमा एल्लो कनसिलर प्रयोग गर्नु पर्दछ ।
  • हेबि मेकअप गर्ने हो भने फाउन्डेसनमै वाटर वेट अर्थात वेल बेसको फाउन्डेसन प्रयोग गर्ने सकिन्छ । यस्तो फाउन्डेसनमा हाई कभरेज हुन्छ र मोश्चाराइजर लेवल पनि मेनटेन गर्दछ ।
  • आइब्रो करेकसनमा अनुहारको छालाको रंगअनुसार प्रयोग गर्नु पर्छ जस्तै लाइट ब्राउन-ग्रे र डार्क ब्राउन ।
  • रेगुलर ब्रसले आइको करेकसन गर्न सकिन्छ ।
  • आई मेकअप गर्दा ओकेजन,ड्रेस,ड्रेसको कलर र समय हेरेर गर्दा राम्रो हुन्छ ।
  • आइलाइनर लगाउँदा लिक्युड वा जेल लाइनर प्रयोग गर्दा राम्रो देखिन्छ ।
  • यति गरिसकेपछि आइ लसेस लगाउन मन भए लगाउने होइन भने भोलुम वाला मस्कारा प्रयोग गर्दा पनि राम्रो देखिन्छ ।
  • आँखा भित्र कालो वा ब्राउन गँजल लगाउने ।
  • त्यसपछि गालामा ब्रोन्जिङ र ब्लस लगाउन सकिन्छ । ब्रोन्जिङ हल्का म्याटमा छाला भन्दा दुई सेप डार्क कलर गर्नुपर्दछ ।भने त्यसमा क्रिमी वा म्याटमा प्रयोग गर्न सकिन्छ ।
  • लिपिस्टिक पनि अक्सर ड्रोस हेरेर म्याटमा लाँन्ग लास्टिंग प्रयोग गर्न सकिन्छ ।
  • त्यसपछि सेटिङ्ग स्पे्र अन्तमा प्रयोग गर्न यसो गर्नले मेकअप लामो समय सम्म टिक्छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ