२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यकपाललाई सिल्की र बलियो बनाउन के गर्नुपर्छ ?

कपाललाई सिल्की र बलियो बनाउन के गर्नुपर्छ ?


कपाल भनेको मानिसको शिरको ताज हो । राम्रो र सुन्दर कपालले व्यक्तिको सुन्दरतामा अझै बढी निखार ल्याउने काम गर्दछ । तर, आजको आधुनिक र रसायनिक जीवनमा कपलालाई लिएर हामी निकै संवेदनशील हुनुपर्ने आवश्यक छ ।

आज भोलि कपालमा विभिन्न प्रकारका असल—कमसल रसायनहरुको प्रयोगले गर्दा कपालको आयु नै कम गराउँदैछौं । त्यसको फलस्वरुप आजभोलि कपालमा ह्रास आइरहेको छ । सधैं विभिन्न प्रकारका कमी—कमजोरीहरु र समस्याहरु कपलामा देखा परिरहेका छन् ।  जस्तैः कपाल झर्नु, हाङगा पलाउनु, ड्राई हुनु, चाया पर्नु आदि इत्यादि ।

यसका साथै अनुशासित जीवनशैलीको अभाव र अनहेल्दी खानपानले पनि कपालमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न भइरहेका छन् । यदि हामीले यस्ता समस्याहरुलाई सही तरिकाले पहिचान गरी समाधान गर्न सकियो भने यस्ता समस्याहरुलाई जरादेखि नै खतम गर्न सकिन्छ ।

कपालको समस्याबाट छुटकारा पाउने केही घरेलु उपायहरुः

—हरेक दिन कोल्ड्रिक्स खानुको साटो हरेक दिन १ ग्लास दही खानाले कपालमा प्राकृतिक चमक आउँछ ।

—चिया, कफीको बढी सेवन गर्ने व्यक्तिको कपालमा रुखोपनका साथै चाया आउने सम्भावना बढी हुन्छ । तसर्थ, अत्याधिक चिया कफीको सेवन नगर्ने । सकेसम्म दिनमा १ पटक मात्र गर्ने ।

—विहान चाडै उठ्नु र राती समयमै सुत्नु पनि कपालको समस्याको केही हदसम्म समाधान हो ।

—दिनमा २ पछटक तातो पानी पिउनुले पनि कपाल छिटो सेतो हुँदैन र साथै ड्राई पनि हुँदैन ।

—खाली पेटमा विहानै अमलाको चुर्ण वा जुस पिउनाले कपाल कालो र बाक्लो ररिरहन्छ । —प्याजको तेलको प्रयोगले पनि धेरै हदसम्म कपालको समस्याको समाधान हुनुका साथै झर्न रोकिन्छ ।

—यदि कपालमा निकै नै हागा पलाउन समस्या छ भने ताजा अम्बाको २/४ वटा पातको काडा बनाउने र १ हप्तासम्म हरेक दिन धुनाले हागा पलाउने समस्या समाधान हुन्छ ।

—हप्तामा एकपल्ट कपाललाई दही र बेसारले धुनाले कपाल सिल्की, बलियो र आकर्षण देखिन्छ ।

—रफ र ड्यामेज कपाललाई कन्डीसनिङ ट्रिटेमेन्ट गर्नाले पनि कपालको नरमपाना फिर्ता आउँछ ।

—कपालको समस्याबाट छुटाकार पाउन हप्तामा एकपल्ट कम्तिमा नियमित हेयर ट्रिटमेन्ट वा हेयर स्पा गर्न आवश्यक छ । र, यसका साथै कपालको हेल्थ राम्रो बनाइराख्ने हेयर प्रोडक्टको छनोट गर्दा पैसा हेरेर नगरी क्वालिटी हेरेर गर्दा उचित हुन्छ । जस्तै, स्याम्पु, कन्डिसनर, ट्रिटमेन्ट, हेयर कलर आदि ।

आजभोलि क्षणिक सुन्दरताको खोजीमा हामी मख्ख परेर रुमल्लिरहेका छौं । त्यसको फलस्वरुप केही समयपछि हामीले कपालको प्राकृतिक चार्म र सुन्दरता नास भएको पाउँछौं । तसर्थ, हामीले कपालको प्राकृतिक सुन्दरता कायम राख्न प्राकृतिक समाधान नै उचित हुन्छ । जसको परिणाम क्षणिक हुँदैन् ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ