२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यचम्किलो अनुहार बनाउने टिप्स

चम्किलो अनुहार बनाउने टिप्स


आफ्नो अनुहार आकर्षक, स्वस्थ र चिटिक्क पार्न कसलाई मन पर्दैन र ? सुन्दर हुने चाहनामा हामी कति ब्युटी पार्लरहरु चाहार्छौँ ।

धेरै बजारमा पाउने सौन्दर्य सामानहरु किन्ने र लगाउने गर्छौं । तर, ती किनेका ब्युटी प्रोडक्टले हाम्रो अनुहारमा फाइदा नगरिरहेको पनि हुनसक्छ । यसको लागि सुन्दर बनाउने तरिका आफ्नै घरमा पनि हुनसक्छ। मात्र त्यसलाई थाहा पाउनु जरुरी छ ।

एकै दिनमा सुन्दर देखिने यी उपाय एकपटक प्रयोग गरिहाल्नुस्।

१. चाउरी हटाउन – एक चम्चा महमा कागतीको केही थोपा रस मिलाएर अनुहारमा लगाउनाले चाउरीको समस्या देखिँदैंन ।

२. अनुहार चम्किलो राख्न – एक चम्चा गुलाबजल र एक चम्चा दूधको मिश्रणमा दुई या तीन थोपा कागतीको रस मिसाएर अनुहारमा लगाउनाले छाला कोमल हुन्छ र चम्किलो पनि देखिन्छ ।

३. मृत छाला हटाउँछ – गोलभेडाको टुक्रालाई अनुहारमा लगाएर हल्का रुपमा मसाज गर्नाले अनुहारको फोहोर सफा हुन्छ । यसबाट छालाको मृत कोषिका र धूलोमैलो हटाएर बन्द भएका रोमछिद्र खुलाउँछ ।

४. तैलीय छालाबाट छुट्कारा – एक चम्चा कागतीको रसमा एक चम्चा गुलाबजल र पिँधेको पुदिना मिसाएर एक घण्टा राख्नुहोस् । त्यसपछि अनुहारमा लगाएर २० मिनेटपछि धुनुहोस् । यसबाट अनुहारको चिपचिप पनि हट्छ ।

५. निखारता ल्याउन – छालामा निखारता ल्याउँनाले थोरै चोकरमा एक चम्चा सुन्तलाको रस, एक चम्चा मह वा गुलाबजल मिसाएर पेष्ट बनाउनुहोस् । यो पेष्टमा अनुहार र गर्धनमा लगाउँनुहोस् । सुकेपछि धुनुहोस् ।

-एजेन्सी


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ