२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्ययी हुन कपाललाई सुन्दर र मजबुत बनाउने खानेकुरा

यी हुन कपाललाई सुन्दर र मजबुत बनाउने खानेकुरा


सुन्दर कपाल बनाउने सबैको सोख हुन्छ । कपाल लामो र सुन्दर बनाउन मानिसहरुले विभिन्न औषधी सेबन गर्छन, तर खानपिनमा त्यति ध्यान दिदैनन् । तसर्थ, हामीले खाने खानेकुराले पनि कपाललाई सुन्दर र मजबुत बनाउछ । यी हुन कपाल वृद्धि गर्ने खानेकुराः

आल्मोन्डः नियमित आल्मोन्ड खाँदा कपाल बृद्धि गर्छ । आलमोन्डले छाललाई जोगाउने मात्र होइन यसमा हुने केराटिन नाम गरेको तत्वले कपाललाई मजबुत समेत बनाउछ ।

सागपातः कपाललाई मजबुत र सुन्दर बनाउन मेथाईसल्फनीमिथेन (एमएसएम) नामक तत्व चाहिन्छ । एमएसएमलाई अर्गानिक सल्फर पनि भनिन्छ, जुन केराटिनको विकासको लागि महत्वपूर्ण मानिन्छ ।

एभोकाडोः कपाल बृद्धि र झर्नबाट रोक्न एभोकाडो महत्वपूर्ण मानिन्छ । एभोकाडोबाट प्राप्त हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई स्वस्थ र बलियो बनाउछ । एभोकाडोलाई थिचेर यसलाई स्याम्पुको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

साल्मोनः साल्मोनमा हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई सुन्दर र आर्कषक बनाउन ।

अन्डाः प्रोटिन अभावमा हाम्रो शरिरका अंगहरु बृद्धि हुदैनन । कपालको सन्र्दभमा पनि यही लागू हुन्छ । अन्डा प्रोटिनमात्र होइन यसमा बायोटिन पनि हुन्छ, जसले कपाललाई बलियो र सुन्दर बनाउछ ।

Diagonal stripes of brown shaded beans

गेडागुडीः गेडागुडीमा प्रशस्त मात्रामा आईरनको मात्रा हुन्छ । शरिरको रक्त प्रवाहमा आइरन महत्वपूर्ण मानिन्छ । आईरनले कपालको जरा मजबुत बनाउछ । नियमित गेडागुडी खाँदा कपाल झर्नबाट रोकिनुका साथै कपालको जरा बलियो हुन्छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ