२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यअत्याधिक मेकअपले निम्त्याउँछ छालाको रोग

अत्याधिक मेकअपले निम्त्याउँछ छालाको रोग


 के तपाई अत्याधिक मेकअप गर्नुहुन्छ ? घरबाहिर दैनिक काममा वा कलेजमा जाँदा नियमित मेकअप नगरी हिड्न मन लाग्दैन ? अनि मेकअप नहुँदा शरिरमा केही नपुगे जस्तो अनुभूति हुन्छ ? युवतीमात्र होइन, पाका महिला पनि अनुहारको मेक अपको सौखिन हुन्छन ।

मेकअपप्रति अत्यधिक सोख छ भने आजैबाट साबधानी रहनुहोस, किनकी यसले विभिन्न जोखिम निम्त्याउछ । निश्चय नै मेक अपले महिलाको सौन्दर्यता निखार ल्याउछ र उनीहरुको आत्मविश्वास बढाउछ । तर, मेकअपका नाममा अनावश्यक रुपमा अनुहार पोत्नु भनेको ठूला ठूला रोग निम्त्याउनु हो । मेकअप गर्ने प्राय युवा युवतीले मेकअपको साईड इफेक्टबारे खासै चासो दिदैनन् । क्षणिक रुपमा राम्री देखिनुमा नै मख्ख हुन्छन् । मेकअपले क्यान्सरलगायत स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्यिाएको पाइन्छ ।

आवश्यकता भन्दा बढी मेक अपले छालामा यस्ता असर देखिन्छन्ः

  • आई स्याडो लगायत आखामा लगाउने आई मेक अपले आइल्यास अर्थात आँखाको ढकनीमा गम्भीर अशर गर्छ । मेकअपमा हुने रसायनले आँखाँको ढकनीमा रातो विमिरा पलाउनुका साथै दीर्धकालिन असर गर्छ ।
  • आँखाको मेक अपले आँखामा सुख्खापन ल्याउनुका साथै आँखाँ रातो बनाउछ । मेकअपका कणहरुले आखामा टियर डक्ट (आँशु निकाल्ने ग्रन्थी) सुकाइदिन्छ जसका काख आँखा सुख्खा हुन्छ ।
  • मेक अप धेरै भयो भने अनुहारमा अनावश्यक दाग देखिन्छ । मेक अपको रसायन नरम छालालाई छिद्रा पारि लामो समय त्यही रहन्छ । तसर्थ, राती बेडमा जानु भन्दा अगाडि अनिवार्य रुपमा मेक अप पखाल्नु पर्छ ।
  • अनुहारको मेकअपले छालाको एलर्जी हुन्छ । एलर्जीले छालालाई रतो बनाउने, विमिरा उठ्ने, सुनिने र अन्तमा ज्वरो समेत आउछ । रसायनमा नकरात्मक अशर भएमा एलर्जी आउछ ।
  • फेसियल मेक अपमा हुने रसायनले अनुहारको छालालाई रातो बनाउने छाला चस्किन्छ । मेकअपले छालाको बाहिरी पत्रलाई खुइलाईदिन्छ र छालाको क्यान्सर समेत हुने गर्छ । केही फाउन्डेसन क्रिमले तपाईको छाला चिल्लो र ग्रिजी बनाइदिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)