२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यविश्वका टप २० ब्युटी ब्रान्ड

विश्वका टप २० ब्युटी ब्रान्ड


सन् २०१९ को जुलाईमा फोर्ब्सले विश्वका सबैभन्दा प्रभावकारी र धनाढ्य ब्युटी ब्रान्डको सूची सार्बजनिक गरेको थियो । १ सय सूचांक (स्रोताहरुको इन्गेजमेन्ट, सामाग्रीको गुणस्तर इत्यादिको आधारमा) फ्रान्सेली कम्पनी लन्चमेट्रिक्सको आयोजनामा ब्रान्डहरुको विश्लेषण गरिएको थियो । ब्युटी ब्रान्डको वर्गीकणमा संचारमाध्यमको प्रभावको समेत मुल्यांकन गरिएको थियो ।

जसमा हुडा ब्युटीको ४२ करोड ६५ लाख डलर आम्दानीसहित अग्रेणी स्थानमा रहन सफल भएको छ । लक्जरी कस्मेटिक इन्डस्ट्रीमा नार्सको दबदबा कायमै रहेको छ । १८ करोड डलर बजार मुल्य भएको नार्सल लानकोम र डायोरलाई पछ्याएका छन् ।

रिहानाको दुई वर्ष पुरानो ब्रान्ड फेन्टी ब्युटी पनि टप फाइभमा परेको छ । त्यस्तै हुडा ब्युटी, एनास्टासिया ब्रिभरी हिल्स र मोेर्फेलाई पछयाउँदै फेन्टी ब्युटीको ३३ करोड ६ लाख २३ हजार ५२७ डलर रकम रहेको छ । फेसन ब्युटीका मालिक तथा युट्युबर जेफ्री स्टार नवौं स्थानमा रहन सफल भएका छन् । ‘डिजिटल वर्ल्ड भोलिको भन्दा पनि आजको संसार हो,’ अर्बान डिके फ्रान्सकी महाप्रबन्धक जुलिन वेलले भनिन् ।

अर्बान डिकेका इस्टरग्राममा १ करोड १० लाख फलोअर छन् । कम्पनीले प्रत्येक वर्ष ६० लाख प्यालेटस बिक्री गर्छ । फोब्र्सको सूचीमा अर्बान डिके छैटौं नम्बरमा अटाउन सफल भएको छ भने निक्स प्रोफेसनल मेकअप पाँचौ स्थानमा । निक्सका इन्सटरग्राममा १ करोड ४० लाख फलोअर छ ।

सूचीमा पर्न सफल विश्वका टप २० ब्युटी ब्रान्ड

हुडा व्युटीः ४२ करोड ६५ लाख ७० हजार ३ सय ४६ डलर

अनास्टासिया ब्रिभरी हिल्सः ३४ करोड ९५ लाख ८९ हजार ८३१ डलर

मोर्फीः ३४ करोड ६९ लाख ९८ हजार २७ डलर

फेन्टी व्युटीः ३३ करोड ६ लाख २३ हजार ५ सय ७२ डलर

निक्स प्रोफेसनलः २७ करोड ८० लाख १६ सय ४८ डलर

अर्बान डिकेः २४ करोड २४ लाख ५४ हजार १ सय १५ डलर

मेबीलाईनः २२ करोड ३२ लाख ४८ हजार ९ सय ८५ डलर

म्याक कस्मेटिक्सः २२ करोड १५ लाख ६८ हजार ५ सय ८२ डलर

जेफ्री स्टार कस्मेटिकः १९ करोड ८० लाख ४ हजार १ सय७५

बेनिफिटः १९ करोड २४ लाख ४ हजार ८० डलर

टार्टे कस्मेटिकः १७ करोड २६ लाख ४३ हजार ८ सय ९८ डलर

लोरियल १५ करोड ८९ लाख ९ हजार ३ सय ४१ डलर

काट भोन डी ९ करोड ९२ लाख ९४ हजार ७ सय ४३ डलर

स्टिग्मा ८ करोड ७४ लाख ८९ हजार ९० डलर

मेक अप फरेभरः ८ करोड ३५ लाख ९० हजार २ सय ६१ डलर

मिल्क मेक अपः ८ करोड ८९ लाख ९ हजार १ सय ३७ डलर

रिभेलोनः ५ करोड ५९ लाख ४ हजार ७ सय ६८ डलर

ग्लोसिअरः ५ करोड ५२ लाख ६ हजार ६५७ डलर

सेफोराः ३ करोड २८ लाख ७४ हजार २९८ डलर

ड्रंक इलाफेन्टः २ करोड १९ लाख १६ हजार ४६९ डलर


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ