२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यविश्वका ८ कस्मेटिक कम्पनी जसका ब्रान्ड विश्वभर प्रख्यात छन्

विश्वका ८ कस्मेटिक कम्पनी जसका ब्रान्ड विश्वभर प्रख्यात छन्


सुन्दरतासम्बन्धी उद्योग अरबौ डलर लगानीमा संचालित ब्यबसाय हो, जुन आर्थिक संकटका समयमा पनि धरायसी हुदैन । कस्मेटिक उद्योगबारे गरिएको अनुसन्धानमा सन् २००८ को विश्व आर्थिक मन्दीको समयमा पनि संसारको कस्मेटिक बजार उत्साजनक थियो । मन्दीका समयमा मुल्यबारे उपभोक्ता बढि सचेत देखिए पनि सुन्दरतासम्बन्धी सामाग्री प्रयोग गर्ने उनीहरुको मोहमा कत्ति कमि आएन । तसर्थ, अहिले प्रतिव्यक्ति आम्दानी बढिरेहको अवस्थामा सुन्दरतासम्बन्धी व्यापार बृद्धिमा झन ठूलो सम्भावना बढेको छ । यी हुन् विश्वका ८ कस्मेटिक ब्रान्डः

१ लोरियलः विश्वकै सबैभन्दा ठूलो र उच्च तहको ब्युटी ब्रान्ड लोरियलले कस्मेटिक उद्योगमा आफ्नो यात्रा एक शताब्दी भन्दा अगाडि अर्थात सन् १९०९ देखि सुरु गरेको हो । अहिले सुन्दरतासम्बन्धी सामाग्री बिक्री गरेर लोरियलले बार्षिक ३० अर्ब डलर कमाउछ । कस्मेटिक सामाग्री अन्तर्गत यसले स्किनकेयर, हेयर केयर, सन केयर प्रोडक्ट, अत्तरलगायत उत्पादन गर्छ । लोरियल पेरिस, गार्नियर, मेबिलाईन न्युर्योक, सफ्टसिन यसका महत्वपूर्ण ब्रान्ड हुन् ।

२ युनिलिभरः युनिलिभर विश्वकै सबैभन्दा ठूलो उपभोक्ता सामाग्री उत्पादन गर्ने कम्पनीमध्येको एक हो । यो कम्पनीले कस्मेटिक उद्योगमा पनि आफ्नो अलग्गै पहिचान बनाएको छ । एक्स, लिन्स, डोभ, लाईफबाय, पोन्डस, क्लोज अप, ट्रिसिमि, सनसिल्क, भेसलाईन युनिलिभरका महत्पूर्ण कस्मेटिक ब्रान्ड हुन् । आफ्ना सौन्दर्यसम्बन्धी उत्पादनलाई विश्वसमक्ष पु¥याउन सन् २०१७ मा युनिलिभरले नयाँ कम्पनी युनिलिभर कस्मेटिक इन्टरनेसनल स्थापना गरेको थियो ।

३ इस्टि लाउडर
इस्टि लाउडर गुणस्तरीय स्किन केयर, मेक अप, अत्तर र हेयर केयरसम्बन्धी उत्पादनको निर्माता र बजारिकरण गर्ने विश्वको महत्वपूर्ण कम्पनी हो । यस कम्पनीका २५ भन्दा बढी ब्रान्डका उत्पादन १५० भन्दा बढी देशमा बिक्री हुन्छन् । इस्टि लाउडरले छोटो समयमा नै आफूलाई विश्वकै लोकप्रिय कस्मेटिक कम्पनीका रुपमा दर्ज गरेको छ ।

४ प्रोक्टर एन्ड ग्याम्बल (पी एन्ड जी)
अमेरिकाको अहियोमा रहेको पी एन्ड जीले स्किन केयर र हेयर केयर व्यापारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलको छ । औसी, जिलेट, हेड एन्ड सोल्र्जस, हर्बल इसेन्स, आईभोरी, ओले, ओल्ड स्पाईस, प्यान्टिन, सेफगार्ड, सेक्रेट, क्रेस्ट, ओरल–बी, स्कोप, आर्ट अफ सेभिङ यो कम्पनीका ब्रान्ड हुन । कम्पनीले महिला, पुरुष, बालबालिका र शिशुका लागि सौन्दर्य र केयर सामाग्री उत्पादन गर्छ ।

५ कोटी
न्युयोर्कस्थित कोटी सुन्दरतासम्बन्धी उद्योगहरुमा अर्को महत्वपूर्ण नाम हो । अत्तर, प्रोफेसनल हेयर केयर र कलर कस्मेटिक क्षेत्रमा कोटी एटा महत्वपूर्ण ‘खेलाडि’ हो । एडिडास, क्लेरोल, कभरगल, डेभिड बेकाम, काटी पेरी, म्याक्स फ्याक्टर, रिमेल, साली हनसेन र विइला कोटीका ब्रान्ड हुन् ।

६ शिसिडो
पश्चिमी शैलीको फार्मेसीको रुपमा शिसिडो सन् १८७२ मा टोकियोमा स्थापना भएको थियो । यसले स्किनकेयर, अत्तर, हेयर केयर, सन केयर, बडी केयर, मेकअपलगायत सबै प्रकारका पर्सनल प्रोडक्ट तयार गर्छ । जा, सेन्का, आनिसा, सि ब्रिज, नार्स र बेयर इसेन्सियल यो कम्पनीका महत्वपूर्ण ब्रान्ड हुन् ।

७ बिइअर्सडोर्फ
बिइअर्सडोर्फले विगत १३० वर्षदेखि स्किनको उपचार गर्दै आएको छ । निभिआ, इयुसेरिन, लाबेलो, फ्लोरेना र ला प्राईरि यो कम्पनीका महत्वपूर्ण ब्रान्ड हुन ।

८ जोनसन एन्ड जोनसन (जे एन्ड जे)
औषधीसम्बन्धी कम्पनी भए पनि जे एन्ड जे विश्वभर सौन्दर्यतासम्बन्धी सामाग्री उत्पादनका लागि परिचित छ । यसले बेबी केयर, स्किन केयर र ओरल प्रोडक्ट उत्पादन गर्छ । जोनसन्स बेबी, न्युट्रोजिना, एभिनो र लिस्टरिन यसका महत्वपूर्ण ब्रान्ड हुन । कतिपय बेबी प्रोडक्ड जस्तै तेल तथा स्याम्पु जोनसन एन्ड जोनसनका पर्याबाचाी बनेका छन् । सन् २०१७ मा यो कम्पनीले ७६ अर्ब डलर भन्दा बढी आम्दानी गरेको थियो ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ