२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यउचित वजन कायम राख्ने ५ खानाहरू

उचित वजन कायम राख्ने ५ खानाहरू


स्लीम र हेल्थी शरीरको कुरा चलिरहँदा जो कोहीलाई पनि उचित तौल भएको शारीरिक बनावटको याद आउन सक्छ । अहिले स्लीम शरीरको नाममा होडबाजी चलिरहदा जो कोहीलाई पनि आफ्नो वजन घटाउन मन लाग्न सक्छ । हामीमध्ये धेरैले आफ्नो वजन घटाउनको निम्ति विभिन्न उपायहरु पनि अपनाइ रहेका हुन्छौं ।

तर,  इन्टरनेटमा जतिसुकै विभिन्न उपायहरु हेर्नुहोस् या अनुसरण गर्नुहोस् । सत्य त हो कि व्यक्तिलाई आफ्नो वजन घटाउन खासै गाह्रो पर्दैन । जति गाह्रो उसलाई आफ्नो वजन एकैस्तरमा कायम राखिरहन पर्दछ । हामी ५ यस्तो खानाहरुको बारेमा बताउँदैंछौ, जसले वजन घटाउने मात्र होइन्, वजनलाई उही तौलमा कायम राखिरहन मद्धत गर्दछन् ।

दही
आफ्नो दैनिक खानामा दही समावेश गर्नु भनेको शरीरको अनावश्यक मोटोपन जलाउनु बराबर हो । यसले चाडोभन्दा चाडो व्यक्तिमा भएको अनावश्यक तौल घटाउनमा निकै नै मद्धत गर्छ । अनुसन्धानकर्ताका अनुसार दहीमा पाइने क्याल्सियमले व्यक्तिको शरीरमा भएको बोसो हटाउनमा मद्धत गर्दछ । तर, चिनीको मात्रा धेरै भएको दही भने प्रयोग गर्नु हुँदैन । यसैगरि दुधजन्य पदार्थबाट बनेको खाना शरीरले पचाउन शारीरिक रुपमा सक्रिय रहनुपर्ने हुँदा राति सुत्ने समयमा भने दहीको प्रयोग गर्नु हुँदैन ।

सी फुड
रातो मासुको तुलनामा सी फुड अर्थात् सामुन्द्रिक जीवहरुको मासु खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । रातो मासुको तुलनामा सी फुडमा फ्याटको मात्रा बढाउने क्यालोरी निकै नै कम पाइन्छ । उच्च प्रोटिन प्राप्त सालमोन, टुना तथा स्रिम्पजस्ता माछाहरु खानाले शरीरको माटोपन घटाउनुका साथै रगतमा चिनीको मात्रा पनि समान रुपमा कायम राखिरहन मद्धत गर्दछन् । अझ यसमा पाइने ओमगा ३ फ्याटी एसिडको कारण हाम्रो शरीरमा मोटोपन पैदा गर्ने कोषहरुको अन्त्य गर्ने गर्दछ । तर, हामीले यसको प्रयोग गर्न नजान्दा अझ यसले शरीरमा क्यालोरीको मात्रा बढाउने गर्दछ । त्यसैले हामीले यसलाई पहिले उमालेर मात्रै पकाउने गर्नुपर्दछ ।

नट्स
नट्स हाई क्यालोरीयुक्त खाना भएतापनि यसमा पाइने प्रोटिन र हेल्थी फ्याटले शरीरलाई फाइदा पु¥याउने गर्दछ । जसले शरीरको मोटोपन घटाउनमा समेत मद्धत गर्दछ । यस सम्बन्धि भएको एक अध्ययनअनुसार दैनिक रुपमा नट्सको प्रयोग गर्नाले यसले शरीरमा मोटोपन विकास नगरी ठीक त्यसको उल्टो नतिजा दिने गर्दछ । तर, हामीले खानुुपर्छ भन्दैमा आवश्यकभन्दा धेरै खानु हुँदैन । यसका निम्ति हामीले दैनिक ५÷६ वटा नट्सलाई मात्र आफ्नो डाइटमा प्रयोग गर्नुपर्दछ ।

होल ग्रेन
‘होल ग्रेन’ भन्नाले अन्न भन्ने बुझिन्छ । जसअन्र्तगत गहँु, मकै, ब्राउन राइस, कोदो तथा मकै आदि पर्छन् । यी खानाहरुलाई तौल घटाउने उचित खानाहरुको रुपमा लिइन्छ । यी अन्नहरुमा शरीरलाई आवश्यक पर्ने क्यालोरी मात्रै उपलब्ध हुने हुनाले शरीरको तौल घटाउनको निम्ति उचित खानाको रुपमा पनि लिइन्छ । हाभर्ड युनिभर्सिटीमा गरिएको एक अनुसन्धानले अन्नलाई पेटको मोटोपन घटाउने उचित खानाको रुपमा पुष्टि समेत गरेको छ । यसलाई मुटुका बिरामीहरुका निम्ति समेत उपयोगी मानिन्छ ।

ग्रीन टी
ग्रीन टीलाई पछिल्लो समयमा स्वास्थ्यको दृष्टिकोणले लाभदायक पेय पदार्थ मानिन्छ । यसमा पाइने बायोएक्टिभ कम्पाउन्डसका कारण यसले शरीरलाई स्वस्थ्य राखी मोटोपनबाट टाढा राख्दछ । यति मात्रै नभई शरीरका विभिन्न अंगहरुलाई सक्रिय राख्ने क्रममा ब्यक्तिको दिमागी क्षमतालाई समेत तेज बनाउन मद्धत गर्दछ । यसको प्रयोग हामीले दिनमा ३÷४ पटकसम्म गर्न सक्छौं । तर, राति सुत्नुभन्दा केही समयअघि मात्रै यसको सेवन गरेमा व्यक्तिलाई निन्द्रा नलाग्ने हुन सक्छ । त्यसैले राति सुत्ने समयमा भने सकभर यसको प्रयोग नगरेको राम्रो मानिन्छ ।

मेडिकल डेलीबाट भावानुवाद


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ