२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यअनुसन्धान भन्छ—पाँच वटा भन्दा बढी औला भएका मानिसहरु राम्रो काम गर्न सक्छन

अनुसन्धान भन्छ—पाँच वटा भन्दा बढी औला भएका मानिसहरु राम्रो काम गर्न सक्छन


लण्डन—धेरै औला भएका मानिसहरु सामान्य हात भएका मानिसहरुको तुलनामा दैनिक कामहरु राम्रो तरिकाले गर्न सक्छन् । लण्डनको इम्पेरियल कलेजका शोधकर्ताहरुको अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो ।

अनुसन्धानकर्ताहरुकाअनुसार सामान्यभन्दा धेरै औला भएका मानिसहरुलाई बढी औला सहज रुपमा काम सम्पादन गर्न सहयोगी हुन्छन् । यो वास्तविकतालाई मध्यनजर गर्दै भविष्यमा रोबर्टको पनि पाँचभन्दा बढी औला बनाउन सकिने देखिन्छ ।

अनुसन्धान जर्मनी र स्वीजरल्याण्डका केही ब्यक्तिहरुमा गरिएको थियो । उनीहरु दुवैका ६ औला थिए । अनुसन्धानकर्ताले अनुसन्धान क्रममा ६ औला भएका मानिसहरु कयौं कामहरु सहज तरिकाले गर्न सक्ने पाइएको थियो, जस्तो उनीहरुले एउटै हातको प्रयोगबाट जुत्ताको डोरी बाँध्न सक्थे ।

हातमा पाँच वटा भन्दा बढी औला हुनुको कारण जन्मजात कमजोरी रहेको पाइएको थियो । जसलाई पोलिडेक्टली भनिन्छ । हरेक सात सय मानिसहरुमध्ये एउटामा यस्तो समस्या पाउन सकिन्छ । यसलाई सर्जरीमार्फत हटाउन पनि सकिन्छ । अनुसन्धानकर्ताहरु यो मान्छन कि यस्ता अतिरिक्त औलाहरु क्रियाशील छन् भने हटाउन आवश्यक छैन् ।

अनुसन्धानको उद्देश्य यो थाहा पाउनु थियो कि अतिरिक्त औलाहरु समस्या बढाउछ कि बढाउदैंनन, दिमागमा खराब असर पार्छन कि पार्दैन ? अनुसन्धानबाट दिमागले विस्तारै—विस्तारै यस्ता औलाहरु स्वीकार गर्ने देखिएको थियो । अतिरिक्त औलाहरुमा कुनै न कुनै खास काम गर्ने अधिक क्षमता हुन्छ । जस्तो जुत्ताको तुना बाध्न, किताबका पानाहरु पल्टाउन, रिमोटबाट भिडियो गेम खेल्न जसमा धेरै बटनहरु हुन्छन ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ