२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यपरफ्युम किन्नुभन्दा पहिला जान्नैपर्ने कुरा

परफ्युम किन्नुभन्दा पहिला जान्नैपर्ने कुरा


परफ्युम किन्नुभन्दा पहिले केही यस्ता कुराहरु छन्, जसको जानकारी राख्नु जरुरी हुन्छ । जस्तो कति प्रकारको हुन्छन्, र आफूलाई के जरुरी छ ? लाइफस्टाइल विशेषज्ञ मानसी पुजाराले परफ्युमको क्वालिटी, स्प्रे गर्ने सही तरिकालगायतका विषयमा केही अत्यावश्यक टिप्स दिएकी छिन् :

कहाँ स्प्रे गर्ने
शरीरको त्यो हिस्सा जसमा सबैभन्दा बढी पसिना आउछ । त्यहाँ पल्स पाइन्टमा स्प्रे गर्नुपर्छ । गर्धनभन्दा तल, कानको पछाडि, छातीमा र घुडाको पछाडि र कुहिनाको भित्र ।

लामो समयसम्म कसरी टिकाउन सकिन्छ ?
नुहाएपछि सुगन्धबिनाको मोइस्चराइजर लगाउनुहोस् जसले गर्दा परफ्युम लामो समयसम्म टिक्छ ।

सस्तो कि महंगो
सस्तो परफ्युम लामो समय टिक्दैन् । यसमा केवल टप नोट्समात्र हुन्छ, आधारभूत र मध्य नोट्स हुँदैन् । सस्तो र सजिलै पाइने परफ्युमहरु सामान्य तेल र सिन्थेटिक फ्रेगरेन्सबाट बन्छन् । महंगो परफ्युम पनि केही ब्राण्ड र प्याकेजिङका कारण महंगो हुन्छ । त्यसैले किन्नुभन्दा अगाडि रिसर्च गर्न आवश्यक छ ।

परफ्युम रंग बदल्छ 
यदि तपाईले प्रयोग गरेको परफ्युम पहिले नै डार्क हुन्छ भने त्यो उच्च गुणस्तरयुक्त हुन्छ । जसमा प्राकृतिक सामाग्रीहरुको प्रयोग गरिएको हुन्छ । परफ्युमा प्राकृतिक सामाग्रीहरु प्रयोगका कारण रंग बदल्नु स्वभाविक हुन्छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ