२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यमेकअप सामग्रीको डेट एक्सपायर भएको बास्ना र रंगबाट थाहा पाउन सकिन्छ

मेकअप सामग्रीको डेट एक्सपायर भएको बास्ना र रंगबाट थाहा पाउन सकिन्छ


ब्युटी प्रोडक्ट किन्दा हामीले प्रायः एक्सपायरी डेटमा ध्यान दिदैनौं । पर्याप्त जानकारी नहुँदा हामी यस्ता सामग्रीको खराबीलाई पहिचान गर्न असमर्थ हुन्छौं । र, यसलाई प्रयोग गरिरहन्छौं । केही मेकअप सामग्रीको एक्सपायरी डेट थाहा पाउने तरिका यस्तो छ ।


१. क्रिम 

क्रिममा तैलीयता आउँछ भने यस्तो क्रिमलाई राम्रो मानिन्न । यस्ता क्रिमको म्याद समाप्त हुने मिति बाँकी नै भएपनि यसको प्रयोग गर्नुहुन्न ।

२. लिपिस्टिक 
महिलाहरूले आफूलाई मनपर्ने लिपस्टिक लामो समयका लागि जोगाएर राख्ने गर्छन् । तर, लिपस्टिकबाट तेल निस्कन थालेपछि भने यसको प्रयोग नगर्नुहोस् ।

३. फाउन्डेसन 
फाउन्डेसनको मिति ६ महिनादेखि २ वर्ष हुन्छ । मिति सकिएको क्रिम बेस्ड फाउन्डेसनको बासना हराउँदै जान्छ र तेल निस्कन्छ । लिक्वीड बेस्ड फाउन्डेसनमा भने साना डल्ला परेको छ भने यसको प्रयोग गर्नु हुँदैन ।

४. ब्लसर पाउडर (रोज)
पाउडरमा आधारित हुने भएकाले ब्लसरको मिति सकिएको÷नसकिएको पहिचान गर्न गाह्रो हुन्छ । यसको आयु ३ वर्षसम्म रहन्छ । तर, यसको प्रयोग गर्दा छालामा कुनै समस्या देखिन्छ भने तत्काल यसको प्रयोग बन्द गर्नुपर्छ ।

५. आइस्याडो पाउडर
आइस्याडो पाउडर बिग्रिएको छ÷छैन भनेर पहिचान गर्न गाह्रो हुन्छ । यिनीहरूको आयु लगभग १ देखि २ वर्ष हुन्छ । यद्यपि आँखासँग सम्बन्धित यस्ता सामग्री समयमै परिवर्तन गर्नु राम्रो हुन्छ । क्रिममा आधारित आइस्याडोबाट तेल निस्कन्छ भने यो खराब भएको छ भन्ने बुझ्नुपर्छ ।

६. नेलपोलिस
राम्रोसँग स्टोर नगर्दा नेलपोलिस बिग्रन्छ । बिग्रने बेलामा यो बिस्तारै सुक्न थाल्छ । यद्यपि राम्रोसँग स्टोर गरेर राखेमा लामो समयसम्म यसको प्रयोग गर्न सकिन्छ ।


७.पफर्युम

पफर्युमको आयु निकै लामो हुन्छ । राम्रोसँग स्टोर गर्न सकेमा यो वर्षौंसम्म पनि बिग्रदैंन । कहिलेकाहीं राम्रोसँग स्टोर नगर्दा पनि यो बिग्रन्छ ।


८.मस्कारा

उत्पादन मितिले ६ महिना नाघेपछि मस्कारा प्रयोग गर्नुहुन्न । उत्पादक कम्पनीहरुका अनुसार यसको एक्सपायरी डेट परिवर्तन हुन पनि सक्छ । मस्कारा खराब हुँदै गएको छ भने यसको गन्ध परिवर्तन हुन्छ । यसमा साना गाँठा पर्न थाल्छ ।


दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ