२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्य‘एभ्री डे हिरोज्’ डाक्टरको निम्ति नाइकीद्वारा नयाँ जुत्ता निर्माण

‘एभ्री डे हिरोज्’ डाक्टरको निम्ति नाइकीद्वारा नयाँ जुत्ता निर्माण


विश्वमै लोकप्रिय मानिने ‘नाइकी–सु’ कम्पनीले मेडिकल कर्मचारीलाई लक्षित गर्दै एक भिन्न किसिमको जुत्ता निर्माण गरेको छ । अधिकांश खेलप्रेमी र आधुनिक किसिमको जुत्ता उत्पादन गरी लोकप्रियता कमाएकोे उक्त कम्पनीले हाल कुनै पनि बाँस्केटबल तथा टेनिस बल खेलाडीको निम्ति नभई मेडिकल चिकित्सा क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गर्दै नयाँ किसिमको जुत्ता निर्माण गरेको हो ।

यसरी उत्त्पादन गरिएको जुत्तालाई ‘नाइकी एयर जुम प्लस’ नाम दिइएको छ । नाइकी कम्पनीले चिकित्सा क्षेत्रमा कार्यरत प्रत्येक कर्मचारीहरुलाई ‘एभ्री डे हिरोज्’ अर्थात् ‘हरेक दिन नायक’ को उपनामले सम्बोधन समेत गरेको छ ।

नाइकी एयर जुम प्लस जुत्ता उत्पादन गर्नुअघि कम्पनीले ओएचएसयु डोइनबेकर चिल्डे«न नामक अस्पतालमा एक अनुसन्धान गरेका थिए । त्यहाँ बिरामीको निम्ति लगातार लामो समयसम्म खटिरहेका डाक्टरहरुको फुटेको खुट्टालाई मध्यनजर गर्दै उनीहरुले सो जुत्ताको निर्माण गरेको हो । निर्माण गरेको उक्त जुत्ता लामो समयसम्म लगाउदा पनि सहज र सजिलो हुने कम्पनीले दाबी गरेको छ ।

आफ्नो शरीरको ख्याल समेत नगरी बिरामीको उपचारमा खटेर आफ्नो खुट्टा फुटाएका उक्त डाक्टरहरुको निम्ति सो जुत्ता कवच स्वरुप रहेको छ । उत्पादन गरिएको उक्त जुत्ताको विषयमा बोल्दै कम्पनीले भने; ‘यसले उनीहरुलाई सहज बनाउदै उनीहरुको सुरक्षा गरी अस्पतालका रहेका जुनसुकै काम गर्न समेत सहज बनाउँछ ।’

तुनारहित उक्त जुत्ताको पछिल्लो भागमा हिललाई सुरक्षित बनाउनकै निम्ति इलास्टिकको स्ट्राप प्रयोग गरिएको छ । यसले गर्दा जुत्ता लगाउदा सजिलोको अनुभुति भई एक हातले पनि खोल्न सकिने कम्पनीको भनाइ रहेको छ । पूर्ण रबर र आउटसोलले बनेको उक्त जुत्ता पानीमा समेत लगाउन मिल्छ ।

सीएनएनबाट भावानुवाद


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ