२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यअनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग

अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग


टोनर पानी जस्तै देखिन्छ र पानीको जस्तो काम गर्छ। केहि टोनरमा एसिड, ग्लिसरीन, एंटीअक्सीडेंट्स र एंटी इंफ्लेमेटरी पदार्थ पाइन्छ। यो तुरुन्तै सोस्ने तरल पदार्थ हो जसले अनुहारको मृत कोषिकाहरु हटाउन मद्दत गर्छ। यसलाई लगाएपछि त्वचामा चमक आउनुको साथै बाटुलो देखिन्छ।

‘स्किन केयर रुटिन’मा सेरम र मोस्चराइजर जस्तै टोनरले पनि प्राइमरको काम गर्छ। यसको मद्दतबाट अन्य स्किन केयर प्रोडक्ट्स राम्ररी अनुहारमा सेट हुन्छ। ड्राई स्किन ड्राय स्पन्ज जस्तै हुन्छ। सुख्खा स्पन्जमा क्रीम लगाउँदा अनुहारले सोस्दैन र भद्दा देखिन्छ। स्पन्ज भिजाएर क्रिम लगाउनाले छिट्टो अनुहारमा क्रिम सेट हुने गर्छ।

स्किन केयर एक्स्पर्ट अमी केप्रिहन भन्छिन, ‘जसरी मोस्चराइजर आफ्नो अनुहारको लागि रोज्नुहुन्छ त्यस्तै गरी टोनर पनि अनुहार आनुसार नै रोज्नुहोस।

आफ्नो त्वचा अनुसार गर्नुहोस टोनरको छनौट…

म्याचोर स्किन

एंटीअक्सीडेन्ट्स र हाइड्रेटिङ्ग इंग्रीडिएंट्स भएको टोनरले म्याचोर सकिनको लागि फाइदाजनक मानिन्छ।

ड्राई स्किन

फर्मेंटेड यीस्ट र अमीनो एसिड्सयुक्त टोनरले स्किनलाई  पोषण दिनुको साथै हाइड्रेट पनि गर्छ।

डल स्किन

डल स्किनभएको व्यक्तिले पपैया एक्सट्रैक्ट जस्तो नेचुरल टोनर लिनु राम्रो मानिन्छ। ल्याक्टिक एसिडले छालालाई चम्काउने काम गर्छ।
 
एक्ने प्रोन ओइली स्किन

सैलिसाइलिक एसिड बेस्ड टोनर्स स्किनलाई सुख्खा नबनाई चिल्लोपना हटाउने गर्छ।

सेन्सेटिभ स्किन

स्किन कमिंग बोटेनिकल टोनर सेन्सेटिभ स्किनलाई राहत दिने गर्छ र हाइड्रेटेड पनि राख्छ।

तीलकोठी

तिलकोठी भएको स्किन ठुलो छ भने एल्फा हाइड्रक्सी एसिडयुक्त टोनर उपयुक्त हुन्छ जसले डेड सेल्सलाई हटाउने गर्छ।

टोनर कति बेला प्रयोग गर्ने ?

अनुहारमा क्लिञ्जिङ्ग गरे पछि टोनरको प्रयोग गर्न सकिन्छ। एक्सपर्ट्सले दिनमा दुईपटक अनुहारमा टोनर लगाउने सल्लाह दिने गर्छन। क्लिञ्जिङ्ग लगाउने वित्तिकै त्वचा टोनरको लागि तयार हुन्छ। टोनर पछि सेरम, एसपीएफ र आई क्रीम जस्ता प्रोडक्ट्स लगाउन सकिन्छ।

-एजेन्सी


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ