२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सघरमै घाउ निको पार्ने टिप्स

घरमै घाउ निको पार्ने टिप्स


एजेन्सी । हामीलाई जुनसुकै बेला चोटपटक लाग्न सक्छ, तर चोट लाग्ने वित्तिकै तत्काल क्लिनिक, अस्पताल तथा स्वास्थ्य चौकी जान सक्ने अवस्था नहुन सक्छ । त्यस्तो अवस्थामा घरमै बसेर पनि सामान्य काटेको घाउको उपचार गर्न सकिन्छ । घरमै उपलब्ध सामाग्री र घरेलु पद्दतिबाट उपचार गरि स्वास्थ्य लाभ लिन सकिन्छ ।

बेसारः बेसारमा एन्टिसेप्टिक गुण हुन्छ र यसमा संक्रमणप्रतिरोधी क्षमता हुन्छ । बेसार पानीको पानीको पेस्ट बनाएर काटेको ठाँउमा लगाउदा घाउ निको हुन्छ ।

महः महमा हुने एन्टिसेप्टिक गुणले घाउलाई निको पार्छ । महले संक्रमण रोक्नुका साथै घाउ छिटो निको पार्छ ।

ध्युकुमारीः ध्युकुमारीमा हुने एन्टिसेप्टिक तत्वले संक्रमणबाट बचाउछ । घाउमा ध्युकमाुरीको रस लगाउदा सितल महसुस हुन्छ ।

सख्खरः सख्खरमा पनि एन्टिसेप्टिक तत्व हुन्छ, जसले काटेको घाउमा थप संक्रमण हुनबाट जोगाउछ । पानीमा सख्खरको घोल मिलाएर लगाउदा घाउ निको हुन्छ ।

टि व्यागः घाउबाट रगत बगिरहेमा ‘टि व्याग’ लगाउनुपर्छ । टि व्यागले रगत बग्न रोक्नुका साथै घाउ तत्काल निको हुन्छ ।
काटेको ठाँउमा लसुनको रस, बेसार र तीलको तेलको मिश्रण लगाउदा पनि घाउ निको हुन्छ ।


क्याटेगोरी : टिप्स, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ