२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाएमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति ?

एमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति ?


काठमाडौं—चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८÷०७९ का लागि स्नातक तहका शैक्षिक कार्यक्रम अध्यापन गराउनका लागि विभिन्न शैक्षिक संस्थाहरुलाई सिट बाँडफाँड गरेको छ । बिहीबार आयोगले जारी गरेको सूचनाअनुसार एमबीबीएस १ हजार ८ सय ९५ सिट बाँडफाँड गरिएको छ ।

सबैभन्दा बढी सिट बाँडफाँड गरिएको नर्सिङमा बिएस्सी नर्सिङमा १ हजार ४ सय ६०, बिएनएसमा १ हजार १ सय ५०, एडल्ट नर्सिङ १८०, कम्युनिटी नर्सिङमा ३४, क्रिटिकल केयरमा ४०, मिडवाइफ्रीमा १००, पेडियाट्रिकमा ४०, साइयाक्ट्रिक नर्सिङमा ६ गरी ३ हजार १० सिट बाँडफाँड गरिएको छ ।

त्यसैगरी बिडिएसतर्फ ५ सय ६५ सिट बाँडफाँड गरिएको छ । बिपिएच १ हजार ३ सय ५० बाँडफाँड गरिएको छ । २० बैशाखमा बसेको आयोगको बैठकले २१ विद्यामा सिट बाँडफाँड गरेको हो ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ