२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारअमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव

अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव


सबै प्रियजनहरु,
एक फिजिसियन र अमेरिकाको सबैभन्दा कठिन अवस्थामा रहेको सहरमा हुँदा, म आफैलाई व्यक्त गर्न चाहन्छु । परिवारका सदस्य, आफन्तहरू, साथी र मेरो बारेमा चिन्तित रहेका विश्वभरबाट मैले धेरै फोन कलहरू, म्यासेजहरु पाएको छु । म अत्यन्तै आभारी छु ।

मेरो बुवा नेपालमा हुनुहुन्छ, आमा र बाँकी परिवार ह्युसन नदीको किनारामा र मैले उनीहरूलाई धेरै हप्तादेखि देखेकी छैन। म एउटा जिम्मेवार नागरिकको रूपमा आफ्नो कर्तव्य पालना गर्दैछु । किनकी, म यो अदृश्य शत्रु कोभिड–१९ लाई परास्त गर्न सकू। मैले केही हप्तादेखि कुनै साथी देखेकी छैन । म एक ’एकस्ट्रोभर्ट’ हुँ ! कहिलेकाहीं त मन दुःखी हुन्छ तर मैले स्वीकारिसके कि मैले जिम्मेवारी पूरा गर्नुछ ।

म हाल एक संक्रामक रोग विशेषज्ञ र म्यानहट्टनको एउटा स्वास्थ्य केन्द्रको मेडिकल निर्देशक हुँ । संयुक्त राज्य अमेरिकाको यो सबैभन्दा प्रभावित शहर हो । म कोभिडको बिरामी हेर्नको लागि अग्रपंक्तिमा छु । र मेरो साथमा रहेका धेरै सहयोगीहरुलाई ती विरामी हेर्न मद्धत पनि गरिरहेको छु । मेरो परिवारका सदस्यहरु धेरै चिन्तित छन्, हरेक घण्टा सुरक्षित बस भन्नुहुन्छ र मेरा आफन्तहरुले चिन्ता देखाउँदैं जागिर छोड्ने सल्लाह दिनुहुन्छ । यो चिन्तित हुनु जायज छ तर एक स्वास्थ्यकर्मी भएको नाताले यो मेरो कर्तव्य र उत्तरदायित्व हो । म एकदम अग्रपंक्तिमा छु । म भन्दिन कि म चिन्तित छैन तर म साँच्चिकै यो चुनौती स्वीकार गर्दछु ।

म सही व्यवहार र सुरक्षाका उपायहरूमा विश्वास गर्दछु । दिनमा पटक–पटक २० सेकेन्डको लागि मात्रै राम्ररी हात धुँदा (साथसाथै सही पीपीई निरन्तरता उपलब्ध गराउदा) ) म योसँग लड्न सक्छु । हामी सबै आफ्नो ड्युटी निभाउँदै योसँग लड्न सक्छौं । त्यहाँ अव्यवस्था र गडबड छ तर यो संकटको समय हो । र, हामीले यस अराजकतालाई पन्छाउनुपर्छ,, माथि जानुपर्दछ। सबै जना सिर्जनशील हुनुहोस्, सौहार्दपूर्ण हुनुहोस्, आफ्नो जिम्मेवारी स्वीकार्नुहोस् । यस युद्धमा यसरी नै अगाडि बढ्नुपर्नेछ ।

यहाँ धेरै चिन्ता, तनाव र अज्ञानताको डर वा अब के हुँदैछ भनेर सबैले सोच्दैछन। अधिकारीहरू, सरकार र मिडियाको टिप्पणीले वर्तमान अवस्थालाई अझ भ्रमपूर्ण बनाउँछ । यसैले सबैले एकजुट भएर एकअर्कालाई सहयोग गर्न आवश्यक छ किनकि यो रोग एकदम नयाँ छ । हाम्रो पुस्ताले हाम्रो जीवनकालमा यस्तो देखेको छैन। न्यूयोर्कका केही वरिष्ठ डाक्टर र स्वास्थ्य सेवा कर्मचारी भन्छन कि यो सहरमा १९८० औं दशकमा एचआईभी र एड्स महामारीको संकटजस्तो लाग्छ । तर, यो जस्तो महामारी यस युगमा कसैले देखेका छैनन। यो एक धेरै नयाँ र अत्याधिक संक्रामक भाइरस हो । जसले यति धेरै मानिसहरूलाई असर गर्दछ । स्वास्थ्य सेवा प्रणालीको अति उत्तम प्रणालीलाई पनि थाहा हुँदैन टुक्रिएपछि कसरी प्रतिक्रिया गर्ने भनेर । कुनै न कुनै प्रकारले प्रकृतिले हामीलाई चुनौती दियो, युरोपका देशहरूलगायत विश्वमा अवस्थित सबभन्दा कडा स्वास्थ्य सेवा प्रणालीलाई समेत चुनौती दियो ।

त्यहाँ धेरै तरिका छन्, अभिभूत स्वास्थ्य सेवा प्रणालीलाई मद्धत गर्न । यदि तपाईं बाहिर जान आवश्यक छैन भने घरमा बस्नुहोस् । यदि तपाईं घरमै बस्न र नेटफ्लिक्स हेर्दै बोर हुनुहुन्छ भने सोच्नुहोस् कि तपाईं कसरी हालको संकटमा योगदान दिन सक्नुहुन्छ । प्रत्येकको मद्धत गर्नु कर्तव्य हुन्छ । स्वास्थ्यसेवाकर्मीहरूले धेरै चुनौतीहरूको सामना गरिरहेका छन् । ‘पीपीई’ नहुनु नै सबभन्दा ठूलो चुनौती हो । हामीलाई वास्तवमै सुरक्षा चाहिन्छ र हामीलाई ‘पीपीई’ को उत्पादन बढाउन नयाँ विचार र उद्योगहरू चाहिन्छ । यदि हामी स्वास्थ्यकर्मीहरूले आफैलाई बचाउन सक्दैनौं भने हामी बिरामीहरू कसैको पनि हेरचाह गर्न सक्दैनौं । यसैले पीपीईको हाइप ..गेट मी पीपीई र हामी मद्धतको लागि अपिल गर्छौं ।

यदि तपाईं अहिलेसम्म संकटमा हुनुहुन्न भने यो तयारी गर्नका लागि उत्तम समय हो । ओभर रियाक्सन इज बेस्ट रियाक्सन । सक्रिय हुनु प्रतिक्रियाशील हुनुभन्दा राम्रो हो । कुनै देश वा राज्य सक्रिय नभई जित्न सक्दैन् ।

यस्तो लाग्छ कि हामी विज्ञानको कथा संसारमा छाडदैछौं, यो वास्तविक हो । तर, हामीले यसमा आफैलाई समायोजन गर्नुपर्नेछ । हुनसक्छ यो एउटा चुनौती हो, जुन हाम्रो पिढी, हाम्रो करियर, जीवन र यस संसारको परिवर्तनको लागि चाहिएको थियो (सिर्जनात्मक, सहयोगी, लचिलो, नम्र, प्रकृति प्रेम र पृथ्वी हुन, धैर्य हुनु, पालनपोषण र एक अर्कालाई माया गर्नु, मूल्यवान समय, अझै पनि यो कठिनाईको माध्यमबाट मजाक….

घरमै बसेर अग्रपंक्तिमा काम गर्न सक्ने व्यक्तिहरु घरमै बस्नुहोस् र सुरक्षित रहनुहोस् । आफूलाई सकेसम्म सुरक्षित राख्ने प्रयास गर्नुहोस् । यस्तो डरलाग्दो परिस्थितिमा आफू सुरक्षित रहि आफ्नो ख्याल आफैले राख्दै केही कुराको सिर्जना गरी समुदायमा योगदानलाई पुर्याउन सकिन्छ । यस्ता कार्यविधि हाम्रा भावि सन्ततीलेसम्म सम्झनेछन् । तसर्थ, यसो गर्नमा प्रत्येक व्यक्तिको आफ्नो ठाउँमा आफ्नै विशेष भूमिका रहन्छ ।

अन्तिममा भन्नुपर्दा अहिलेको समय स्प्रिन्ट (छोटो समयको लागि तागत लगाएर दौडिने खेल) होइन बरु यो त म्याराथन दौड हो । जसका लागि हामीले हाम्रो ऊर्जा बचत गर्न आवश्यक छ । हामीले यसमाथि विजय प्राप्त गर्दै यसबाट मुक्ति पनि पाउन सक्छौ । तसर्थ यस्ता उत्तम परिवर्तनको निम्ति हामीले अझ योभन्दा बढी राम्रो गर्न प्रयास गर्नुपर्दछ ।


(डा. पराजुलीले फेसबुकमा व्यक्त गरेको भावनालाई हामीले सान्दर्भिक हुने ठानी भावानुवाद गरेका हौं ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ