२०८३ जेठ ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु

६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु


काठमाडौं-सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु गरेको छ । सोमबार स्वास्थ्यअन्तर्गत ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आव्हान गरेको छ ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् ।

उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम दरखास्त माग गरेको हो । इच्छुकलाई १० दिनभित्र आवेदन दिन भनिएको छ ।

१९ बैशाखमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश -२०८३ जारी गरेका थिए । उक्त अध्यादेश जारी भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका सबै प्रतिष्ठानका उपकुलपति, रेक्टर, रजिष्ट्रार र डिनहरु पदमुक्त भएका थिए ।

अहिले ती स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा निमित्तका भरमा चलिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ