२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारभेरी अस्पतालमा आक्रमणमा परेकी नर्स सदिक्षा गैरे भन्छिन्, ‘मेरो घाँटी समाउन आए’

भेरी अस्पतालमा आक्रमणमा परेकी नर्स सदिक्षा गैरे भन्छिन्, ‘मेरो घाँटी समाउन आए’

'भीआईपीको मान्छेहरु आयो भने हामीलाई झन गाह्रो हुन्छ'


बिरामी एक्सपायर नहुँदैं हामीलाई टर्चर दिइरहनुभएको थियो । मेरो बिरामीलाई केही भइहाल्यो भने कसैलाई राख्दिनँ भन्ने खालको टर्चर भइरहेको थियो, हामी सबै नर्सेस अन ड्युटी डाक्टरहरु भित्र थियौं ।

त्यसैक्रममा उहाँ (बिरामी)को अक्सिजन लेभल एकदमै डाउन भयो । हामीले एउटा इसिजी गर्नुपथ्र्यो, इसिजी गर्ने बेलामा म नै त्यहाँ थिए । इसिजी गरेर प्रिन्ट निकाल्दैं थिए, त्यतिबेला ४–५ जना लोग्ने मानिसहरु ग¥याङगुडुङ आउनुभयो ।

यही नै हो भन्दैं घाँटी नै समाउन आउनुभयो । मेरो घाँटीमा दाग पनि छ । त्यहाँ एक जना अब्दुल भन्ने दाइ हुनुहुन्थ्यो । उहाँले ‘बहिनी तपाईं यता आउनु’ भनेर मेरो अगाडि आउनुभयो । अनि म त्यहाँबाट भागे । र, सिधैं डाक्टरहरुको टिम भएको ठाउँमा गएँ ।

मैले रुदैं डाक्टर मलाई यस्तो भयो भनेर भने । डाक्टरले अनि आफू र हामी त्यहाँ भएको सबै नर्सलाई क्याबिनमा लग्नुभयो । क्याबिनको चुकुल लगाउनुभयो । बाहिरबाट ४–५ जनाले हाने । हामी त बाँच्नुप¥यो, क्याबिन भित्रको ट्वाइलेटमा छि¥यौं हामी । त्यहाँ पनि हान्न थाल्नुभयो । त्यो ढोका फोडन नपाउँदै झ्याल थियो, तह हेर्दा एकदमै गहिरो थियो । तर, लास्ट हामीलाई ज्यान जोगाउनु थियो । हामी सबै जना त्यहाँबाट हाम फाल्यौं । तल के थियो हामीलाई थाहा छैन ।

हामी चार जना नर्स र अन ड्युटी एक जना डाक्टर हुनुहुन्थ्यो । तीन जना डाक्टर अन ड्युटी हो तर दुई जना डाक्टर भर्खर निस्कनु भएको थियो, एक जना हामीसँगै हुनुहुन्थ्यो ।

तल झरेपछि हामी पानीमा भिज्दैं अर्को हलमा गयौं । त्यहाँ पनि हामी एक घण्टा रुँदै बसेका छौं ट्वाइलेटभित्र ।

यो स्वास्थ्यकर्मी यो निकै ठूलो हानी भएको छ र यो कहिलेसम्म हामीले सहने ? यहाँ यस्तो घटना ५ चोटि भइसक्यो, जहिल्यै यस्तो हुन्छ भीआईपीको मान्छेहरु आयो भने हामीलाई झन गाह्रो हुन्छ । हाम्रा लागि त सबै बिरामी एउटै हो नि । गरिब धनी फरक हुँदैन् ।




क्याटेगोरी : अन्तर्वार्ता / विचार, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ