२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसामान्य अवस्थाको असामान्य उपचार र वर्षौपछि जुरेको निदान

सामान्य अवस्थाको असामान्य उपचार र वर्षौपछि जुरेको निदान


एक सामान्य व्यक्तिले रोगको पहिचान नभएकै कारणले रगतमा मात्र देखिएको ट्राइग्लिसेराइड (टि.जी.)को अधिक मात्राको लागि विगत १३ वर्षदेखि विभिन्न औषधिहरुको सेवन गर्दै आउनुका साथै त्यसबाट उनलाई खास फाइदा नभएको सन्दर्भबाट यसको सुरुवात हुन्छ ।

रिपोर्टको परामर्श गर्ने क्रममा एक ५० वर्षको नेपाली नागरिकले उच्च ट्राइग्लिसेराइडको लागि विभिन्न औषधीहरुको प्रयोग गर्ने गरेको एवं आजित भएर केही गर्न नसकेको गुनासो गरे । अलि हरेश खाएको मुद्रामा उनले आफ्नो कुरा राखे, ‘औषधि खाए ४०० पुग्छ, नखाए ७०० ।’ यो घटनाबाट औषधि खाएपछि साथै दैनिक व्यायाम एवं स्वस्थ जीवनशैली अपनाउँदा पनि किन ‘सामान्य’ नभएको रहेछ भन्ने कौतुहलता हामीलाई आयो । र, यो विषयबारे अध्ययन गर्न प्रेरित गर्‍यो ।

सामान्यतयाः हामीले देख्ने गरेको एवं बिरामीको आचरणअनुसार पनि उच्च ट्राइग्लिसेराइड (खानापछि रगतमा देखिने एक प्रकारको चिल्लो पदार्थ) हुनुपर्ने कारण नदेखिएकोले गर्दा हामी अनुसन्धानतिर लाग्यौं । सामान्तयाः ट्राइग्लिसेराइड बढ्न सक्ने आधारहरु जस्तैः मधुमेहजस्ता रोगहरु, थाइराइड ग्रन्थीको समस्या, पेय पदार्थ, मध्यपान, धुम्रपान, अधिक गुलियोयुक्त वा चिल्लोयुक्त खाद्य पदार्थहरु छोड्दा पनि रगतमा ट्राइग्लिसेराइड मात्रा अधिक थियो । उनमा पनि विस्तारै लक्षणहरु परिवर्तन हुँदैं गएको आभास हुन थालेको थियो । एकैछिन बस्दा पनि थाकेको जस्तो हुने, चक्कर लागेको जस्तो हुने, स्मरणशक्तिमा विस्तारै ह्रास आउने साथै रगतमा ग्लुकोज (चिनी)को मात्रा बढ्न थालेको थियो । साथै, कहिलेकाही रातो मासु वा मद्यपान सेवन गर्दा ट्राइग्लिसेराइड बढेर ५०० भन्दा पनि माथि पुग्ने गरेको थियो । हामीले उनको रोग निदानको आनुवंशिक उत्पत्तिको लागि जाँच गर्नुपर्ने बतायौं ।

उनी आफ्नो ट्राइग्लिसेराइड किन औषधी एवं उच्च सर्तकर्ता अनपाएर पनि खानेकुरा खाँदा, क्यालोरी घटाउँदा पनि सन्तुलनमा आउन नसकेको हो भनेर चिन्तित थिए । हामीले उनलार्य दिएको सल्लाह बमोजिम १२ घण्टाजति खाली पेट एवं जुन खानेकुराले ट्राइग्लिसेराइड बढाउन सक्थ्यो, त्यो सम्पूर्ण बन्द गराएर जाँच गराउँदा ५५० एमजी/डि.एल (सामान्य अवस्थामा १५० भन्दा कम हुन्छ ।) यति धेरै ट्राइग्लिसेराइड हुँदा पनि उनको रगत भने बाक्लो नभएर साधारण मानिसको जस्तै थियो । हामीले विभिन्न मेसिनमा जाँच्दा पनि उच्च ट्राइग्लिसेराइड भएको पायौं ।

‘मिथ्या बढेको ट्राइग्लिसेराइड’ वा ‘ग्लिसेरोल’ बढी भएको अवस्था शंका गर्नुपर्ने हुन्छ । जुन बेला उच्च ट्राइग्लिसेराइड भएर खाएको औषधिले त्यसलाई कम गर्न सक्दैन । त्यस्तो अवस्थामा ग्लिसेरोल रगत एवं पिसाबमा जाँच्नुपर्छ, जसले यो ‘मिथ्या बढेको ट्राइग्लिसेराइड’को निदान गर्दछ । यसको ब्याख्या अन्य जाँचहरुमा पनि गर्न सकिन्छ ।

केमिकल जिनोम सिक्वेसिङबाट जाँच गराउँदा एउटा जीन नभएको फेला पार्‍यौं । यो एउटा असामान्य अवस्था हो, जुन दुर्लभ वा विरलै देखिन्छ ।

उनको समस्या एक प्रकारको वंशाणुगत रोग हो, जुन पुरुषमा देखा पर्‍यो । उनको परिवारका अन्य सदस्यमा पनि यो रोगको लक्षण देखा परेको कुरा पारिवारिक इतिहास सोध्ने क्रममा पत्ता लाग्यो, उनको रगतमा नराम्रो खालको चिल्लो पदार्थ जसलाई एल.डि.एल. भनिन्छ, त्यो सामान्य अवस्थामा रहेको हुँदा उनको चिल्लो कम गर्ने/घटाउने औषधिहरु प्नि बन्द गरियो । र, उनलाई स्वस्थ जीवन जिउनका लागि सल्लाह दिइयो ।

त्यसैले यो एउटा उदाहरणीय लेख हो, जसले हामी चिकित्सकहरु यस्ता कुराहरुमा सर्तक हुन जरुरी छ । जसले गर्दा कसैको ट्राइग्लिसेराइड उच्च छ, जुन औषधि वा स्वस्थ जीवनशैली अपनाउँदा पनि सामान्य अवस्थमा आएन भने कतै यो ‘मिथ्या बढेको ट्राइग्लिसेराइड’ वा ‘उच्च ग्लिसेरोल’को कारणले त हैन भनेर ।

(यो लेख ब्रिटिस मेडिकल कलेज जर्नल (बी.एम.जे.)मा प्रकाशित लेखको अनुवाद डा. देविश प्याकुरेलले गरेका हुन् । यसका लागि मुख्य अन्वेषकसँग अनुमति लिइएको छ ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ