२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटमा स्वास्थ्य शिविरमा आएका महिलामा मानसिक समस्या बढी

जाजरकोटमा स्वास्थ्य शिविरमा आएका महिलामा मानसिक समस्या बढी


सुर्खेत—पहाडी जिल्लाका रुपमा रहेको जाजरकोटमा समेत मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएको छ । पुरुषको तुलनामा महिलालाई मानसिक स्वास्थ्य बढी देखिएको स्वास्थ्य एक स्वास्थ्य शिविरका आएका बिरामीको अवस्थाले देखाएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी)ले स्थानीय तहसँगको आर्थिक सहयोगमा संचालन गरेको मानसिक स्वास्थ्य शिविरमा जम्मा १ सय २७ जना मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरुले सेवा पाएका छन् ।

मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीकाअनुसार सेवा लिन आएकामध्ये सबैभन्दा बढी ३८ जना डिप्रेसन, २८ जनामा छारे रोग, २७ जनामा चिन्ताजन्य समस्या, १५ जनामा कडा खालको मानसिक समस्या र बाँकी १० जनामा विकृत तनावको र अन्य खालका मानसिक स्वास्थ्य समस्या रहेको डा. समदर्शीले बताए । उक्त शिविरबाट १५ जना विकृत तनाव, डिप्रेशन तथा चिन्ताजन्य समस्या भएका ब्यक्तिहरुले मनो परामर्श सेवा पाएका छन् ।

भेरी तथा नलगाड नगरपालिकामा बिहिबार र शुक्रबार संचालन गरिएको उक्त शिविरमा मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुले उपचार तथा मनोपरामर्श सेवा प्रदान गरिएको सी.एम.सी–नेपालका मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता कालीबहादुर कामीले जानकारी दिए ।
गरिवी, बेरोजगारी, अत्यन्त महत्वाकांक्षी स्वभाव, वैदेशिक रोजगारी, मोवाइल एवं प्रविधीको दुरुपयोगलगायतका कारणले गर्दा अचेल मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याका व्यक्तिहरु निकै बढ्ने गरेको विज्ञहरुको दावी छ । यद्यपी यस सम्बन्धी उपचारको बारेमा थाहा नहुँदा पनि व्यक्तिहरुले असहज जीवन बिताउन बाध्य छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ