२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका सीमा नाकामा हेल्प डेस्क

कर्णालीका सीमा नाकामा हेल्प डेस्क


वीरेन्द्रनगर—कोरोना भाइसरको त्रास व्यापक रुपमा फैलिदैं गर्दा कर्णालीका सीमा नाकामा कोरोना भाइरस जाँचका लागि हेल्प डेस्क राखिने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयअनुसार कर्णालीका सीमा नाकामा उपकरण र औषधिसहित चिकित्सकको टोली राख्ने निर्णय भएको हो ।

कर्णाली प्रदेश सरकारले चीनसँग सीमा जोडिएका हुम्लाको हिल्सा हेल्प डेस्क राख्ने छ । यस्तै, सल्यानको कपुरकोट, सुर्खेतको बबई र सुर्खेत विमानस्थलमा हेल्पडेस्क राख्ने निर्णय प्रदेश सरकारले गरेको हो ।

मन्त्रिस्तरीय निर्णयका आधारमा कर्णालीका सीमा नाकामा स्वास्थ्य हेल्प डेस्क राख्न लागिएको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले जानकारी दिइन् ।

‘कर्णालीका सीमा नाकामा स्वास्थ्य जाँच चौकी तत्काल राखिने छ,’ उनले भनिन्, ‘तीन दिनभित्र औषधि उपकरणसहित स्वास्थ्य जाँच केन्द्र राखिनेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ