गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, १६:५५ मा प्रकाशित वीरेन्द्रनगर—विश्वमा महामारीको रुप लिइरहेको कोभिड—१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड तयार गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीकी निर्देशक रिता भण्डारी जोशीले कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड राखिएको भन्दै सम्भावित जोखिमप्रति सजग रहेको बताइन् । उनले कर्णालीमा कोभिड—१९ ले लिन सक्ने आकारको अनुमान गरी सयंमता अपनाउनुपर्नेमा पनि जोड दिइन् । सुर्खेतको वीरेन्द्रनगरमा जनस्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा उनले अहिलेसम्म आत्तिनुपर्ने अवस्था नदेखिएपनि हरेक नागरिकले सयंमता अपनाउनुपर्नेमा जोड दिइन् । खोकी, ज्वरोलगायतबाट संक्रमित भएको व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने, धेरै जम्मा हुने ठाउँमा नजान उनको सुझाव थियो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले सुर्खेतको बबई, सुर्खेत एयरपोर्ट र पश्चिमको कुइनेमा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण गरिरहेको जानकारी दिए । चीनसँग सीमा जोडिएको हिल्सा नाकामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा हेल्थ डेक्स स्थापना गरी सकिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट रुघाले बन्द भएको नाक तुरुन्तै खोल्ने ३ घरेलु उपाय सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट रुघाले बन्द भएको नाक तुरुन्तै खोल्ने ३ घरेलु उपाय