२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड

कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड


वीरेन्द्रनगर—विश्वमा महामारीको रुप लिइरहेको कोभिड—१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड तयार गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीकी निर्देशक रिता भण्डारी जोशीले कर्णाली प्रदेश अस्पतालमा २० वटा आइसोलेसन वेड राखिएको भन्दै सम्भावित जोखिमप्रति सजग रहेको बताइन् ।

उनले कर्णालीमा कोभिड—१९ ले लिन सक्ने आकारको अनुमान गरी सयंमता अपनाउनुपर्नेमा पनि जोड दिइन् । सुर्खेतको वीरेन्द्रनगरमा जनस्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा उनले अहिलेसम्म आत्तिनुपर्ने अवस्था नदेखिएपनि हरेक नागरिकले सयंमता अपनाउनुपर्नेमा जोड दिइन् । खोकी, ज्वरोलगायतबाट संक्रमित भएको व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने, धेरै जम्मा हुने ठाउँमा नजान उनको सुझाव थियो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले सुर्खेतको बबई, सुर्खेत एयरपोर्ट र पश्चिमको कुइनेमा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण गरिरहेको जानकारी दिए । चीनसँग सीमा जोडिएको हिल्सा नाकामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा हेल्थ डेक्स स्थापना गरी सकिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ