२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमन्त्री दलरावलद्वारा दादुरा रुबेला खोप अभियानको शुभारम्भ

मन्त्री दलरावलद्वारा दादुरा रुबेला खोप अभियानको शुभारम्भ


वीरेन्द्रनगर – वीरेन्द्रनगर  नगरपालिका वडा नं ७ सुर्खेतमा रहेको कटकुवा स्वास्थ्य चौकीबाट कर्णाली प्रर्देशमा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरू भएको छ । वीरेन्द्रनगरको कटकुवा स्वास्थ्य चौकीमा राखिएको खोप केन्द्रमा आएका बालबालिकालाई खोप दिएर शनिबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले विधिवत रुपमा अभियानको शुभारम्भ गरेका छन् ।

सो अबसरमा मन्त्री रावलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकाहरुमा पुग्न सक्यौ भने मात्रै खोप अभियान सार्थक हुने बताए । कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक रिता भण्डारी जोसिले यो महत्वपुर्ण अभियानमा सहभागि भएर बच्चलाई खोपलगाउन आग्रह गरिन ।

खोप एक जैविक तयारी वस्तु भएकोले यसको प्रयोगबाट व्यक्तिको शरिरमा सम्बन्धित रोगविरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउने भन्दै निर्देशक जोशिले खोपका कारण व्यक्तिलाई विभिन्न विषाणु र जिवाणुबाट हुने रोगबाट बचाउँन सकिने बताईन । कर्णाली प्रदेशमा ९ महिना देखि ५ वर्ष मुनिका १ लाख ९० हजार ५ सय ७५ बालबालिकालाई दादुरा रुवेला खोप लगाईदै छ ।

यसैबीच सुर्खेतमा ३९ हजार ७ सय १६ जना बालबालिकालाई उक्त खोप दिइने बताइएको छ । दादुरा – रुबेला खोप अभियान सुर्खेतमा तीन चरणमा संचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

पहिलो चरणमा चैत १ गतेदेखि ६ गते सम्म वीरन्द्रनगरबाट सुरु भई, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका, यस्तै तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिंगाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सञ्चालन हुने प्रमुख वाग्लेको भनाई छ । उनका अनुसार सुर्खेतमा पाँच सय ८० खोप केन्द्रमा एक सय ५६ जना तालिम प्राप्त खोपकर्मी र ११ सय ६० स्वयंमसेवक परिचालन गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ