२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउच्च मनोबलमा काम गर्ने चिकित्सकलाई सहयोग गर्नुस् : मुख्यमन्त्री शाही

उच्च मनोबलमा काम गर्ने चिकित्सकलाई सहयोग गर्नुस् : मुख्यमन्त्री शाही


वीरेन्द्रनगर–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड-१९ विरुद्ध उच्च मनोबलका साथ काम गर्नका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्नको लागि कर्णाली प्रदेशवासीलाई आग्रह गरेका छन् । शुक्रबार कर्णाली प्रदेशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

पछिल्लो समयमा कोभिड-१९ विरुद्ध प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रीय सरकारले व्यापक तयारी गरेकाले १८ गतेसम्मको लकडाउनलाई सबैले घरभित्र बसेर सहयोग गरिदिन समेत मुख्यमन्त्री शाहीले प्रदेशवासीलाई आग्रह गरेका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले कर्णाली प्रदेशमा कोभिड-१९ रोकथामको लागि प्रदेश सरकारको नेतृत्वम खटिएका राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई सुरुको तलवको ५० प्रतिशत र स्वास्थ्यकर्मीहरुलाई सुरुको तलबको १०० प्रतिशत प्रोत्साहन भत्ताको सुविधा उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।

कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारको लागि प्रदेश सरकारले ५० करोड रुपैयाँकोे विपद् व्यवस्थापन कोष खडा गरेको शाहीको भनाइ छ । मुख्यमन्त्री शाहीले भने, ‘म लगायत मेरो मन्त्रिपरिषदका सदस्यले १ महिनाको पारिश्रमिक समेत सो कोषमा जम्मा गरेका छौ ।’  विपद् व्यवस्थापन कोषमा सहयोग गर्नको लागि विभिन्न संघसंस्था, राष्ट्रसेवक कर्मचारी, उद्योगी, व्यापारी, अन्य दातालगायत आम नागरिकलाई मुख्यमन्त्री शाहीले आग्रह समेत गरेका छन् ।

कर्णाली प्रदेशमा संक्रमणबाट प्रभावित मानिसहरुको उद्धारको लागि तथा अन्य सहयोगको लागि १११० हटलाइन सेवा समेत सञ्चालनमा ल्याइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ