२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ : आवश्यक स्वास्थ्य सामाग्री माग

कोभिड–१९ : आवश्यक स्वास्थ्य सामाग्री माग


जुम्ला – कोरोना भाइरस अर्थात ‘कोभिड-१९’ अहिले विश्वमा फैलिदो अवस्थामा छ । त्यसको प्रभावमा नेपालका विभिन्न जिल्ला प्रभावित भईरहेका छन् । यसै कोरोना भाइरस फैलन नदिन र रोकथाम गर्नका लागि आवश्यक स्वास्थ्य सामाग्री माग गर्ने निर्णय भएको छ । १३ चैतमा कर्णाली प्रदेश मन्त्री परिषद् बैठकको निर्णय अनुसार बनेको अस्पताल समन्वय तथा परिचालन समितिका संयोजक आन्तरिक मालिला तथा कानुन मन्त्री नरेश भण्डारीको स्विकृतमा स्वास्थ्य सामाग्रीका लागि आवश्यक बजेट माग गर्ने निर्णय भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख लाखबहादुर सार्कीका अनुसार कोरोना भाइरस रोकथामका लागि आवश्यक ‘पीपीई’ लगायतका सामाग्री अभाव भएपछि यस्तो माग गर्ने निर्णय भएको हो । ‘भेण्टिलेटर’ एक थान, ‘पीपीई’ ३ सय थान, ‘मोनिटर’ १० थान लगायत ६ प्रकार आवश्यक सामाग्रीका लागि ७२ लाख २५ हजार रकम उपलब्ध गर्न माग गर्दै आइतबार बसेको बैठकले निर्णय गरेको उनले बताए ।

त्यसैगरी, छिमेकी जिल्लामा स्वास्थ्यकर्मी परिचालन गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भेण्टिलेटरको अभाव भएको छ । प्रतिष्ठानमा पाँचवटा भेण्टिलेटर रहेको थियो । तिनै भेण्टिलेटरमा न्यूरो, अर्थो र मेडिसिनका विरामीले अहिले अस्पतालमा भरिएपछि भेण्टिलेटरको अभाव भएको हो ।

विश्वभर अहिले कोरोना भाइरसको संक्रमण फैलिएको अस्वथा छ। प्रतिष्ठानका अस्पताल निर्देशक मंगल रावलका अनुसार जुम्लामा पनि दुई जना व्यक्तिलाई आइसोलेसनमा राखेका छौं। कोभिड संक्रमण बढ्दो अवस्थामा छ । उनले भने, ‘कोरोना भाइरस वा अरु कुनै व्यक्तिलाई भेण्टिलेटरमा राख्नु पर्ने अवस्थामा आए निकै समस्या हुने स्थिति रहेको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रर विश्वराज काफ्लेलेका अनुसार कोरोना भाइरसको स्वाब परीक्षणको ल्याव स्थापना गर्नका लागि पहल भईरहेको छ । उनले भने, ‘स्वास्थ्य मन्त्रालयसँग उपकरण र किट उपलव्ध गराउनका लागि समन्वय भईरहेकोले स्वाब परीक्षण जुम्लामै गर्ने व्यवस्था गर्दैछौँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ