२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशविभिन्न संस्थाका नाममा मनलाग्दी राहत सामग्री वितरण गर्न रोक

विभिन्न संस्थाका नाममा मनलाग्दी राहत सामग्री वितरण गर्न रोक


सुर्खेत – वीरेन्द्रनगर नगरपालिका सुर्खेतले विभिन्न संस्थाका नाममा मनलाग्दी राहत सामग्री वितरण गर्न रोक लगाएको छ । सोमोबार नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाले हस्ताक्षर गरेको विज्ञप्तिमा नगर क्षेत्रभित्र अनुमति विना राहत रकम वितरण गर्न नपाइने उल्लेख गरिएको छ ।

विभिन्न बस्तीमा राहत एवम सुरक्षा सामग्री वितरण गराउने तथा प्रचारप्रसारका कार्यहरू गर्ने गरेको गुनासो नगरपालिकामा आएको भन्दै आफू खुशी यस्तो कार्यगर्दा संक्रमण व्यवस्थापनमा दोहोरोपना आउने, कोरोना संक्रमण झनै फैलिने जोखिम हुन सक्ने भएकाले मनलाग्दी राहत बाँड्न रोक लगाइएको नगरपलिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए । राहत तथा सामाग्री बितरण कार्यहरू र काम लक्षित वर्गसम्म प्रभावकारी नहुने देखिएकाले यस संकटको घडीलाई सबै मिलेर पार गर्नुपर्ने प्रमुख प्रसासकिय अधिकृत ढकालको भनाई छ ।

राहत, सहयोग सामग्री तथा जनचेतनाको कार्य एकद्वारबाट गर्ने गरी व्यवस्था मिलाइएको हुँदा कुनै पनि संघसंस्था व्यक्तिले आफू खुशी यस प्रकारको कार्य नगर्न नगराउन जानकारी गराइन्छ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्राप्त सहयोगलाई नगरपालिकाले आवश्यकताको आधारमा वितरण गर्ने र दाताको विवरण सार्वजनिक गरिने समेत विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाको अनुमति विना वितरण लगायतका गतिविधि भएको खण्डमा सम्बन्धित व्यक्ति, संघसंस्थालाई सो कार्य गर्नबाट रोकेर नियमानुसार कारवाही गरी सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ