२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसंक्रमितसँगै जहाजमा उडेका जुम्लाका एक युवक सेल्फ क्वारेन्टाइनमा

संक्रमितसँगै जहाजमा उडेका जुम्लाका एक युवक सेल्फ क्वारेन्टाइनमा


जुम्ला –  प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको अध्यक्षतामा बसेको जिल्ला स्तरको ‘कोभिड–१९’ नियन्त्रण कमाण्ड टिमको आकस्मिक सोमबार वैठक बस्यो । सो वैठकमा जिल्लाका भएका गतिविधि र गृहमन्त्रालयको निर्देशनको विषयमा समीक्षा गरिएको थियो । सो वैठकमा हाल संक्रमित भएका एक व्यक्तिसँग जुम्ला कनकासुन्दरीका एक युवक दिल्लीबाट जहाँज संक्रमित व्यक्तिसँगै आएको भन्ने थाँहा भएपछि प्रहरीले खोजी गरेर पत्ता लागेको हो ।

प्रहरी स्रोतको माथिल्लो निकाएले दिएको निर्देशन अनुसार ति यूवा कहाँ छन् खोजेर जानकारी दिन भनेपछि होम क्वारेन्टाइनमा रहेको जानकारी प्राप्त भएको छ । उनि काठमाण्डौमै रहेको र अहिले होम क्वारेन्टाइनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । ति यूवा र परिवार प्रहरीको सम्पर्कमा रहेको उनले भने ।

भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको छ । स्थानीय प्रशासनले सवै स्थानीय तहको सहयोगमा जिल्लाभरी भारत, तेस्रो मुलकबाट आएका व्यक्तिहरु र उनीहरुको अवस्थाको बारेमा तथ्यांक संकलन गर्न थालिएको हो ।

सोमवार प्रमुख जिल्ला अधिकारी बञ्जाडेको नेतृत्वमा जिल्लामा रहेको कोबिड–१९ कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकिकृत तथ्यांक सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा तीन सय ७१ जना भारतबाट र १३ जना अन्य तेस्रो मुलुकबाट जुम्लाका नागरिक यस समयमा जिल्ला भित्रिएका छन् । ति मध्ये ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा रहेका छन् । यसैगरी ४६ जना सेल्फ क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

तीन हजार ८ सय बढिको तापक्रम जाँच

यसैगरी भारत अन्य मुलुक र नेपालका विभिन्न जिल्लाबाट यो समयमा भित्रिएका ३ हजार ८ सय ७९ जनाको तापक्रम सहित विभिन्न हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । उनिहरुलाई हेल्थ डेस्क नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल, हिमा गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएकोे जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

अब जिल्लाको तथ्यांक हरेक दिन एकिकृत रुपमा आउने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिइन् । उनका अनुसार दिउसो ३ बजे स्थानीय तह र जनस्वास्थ्य कार्यालयले प्रतिवेदन दिने त्यसपछि प्रशासनले दैनिक सार्वजनिक गर्ने कार्य तालिका रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ