२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना परीक्षण मेसिन सुर्खेत आइपुग्यो

कोरोना परीक्षण मेसिन सुर्खेत आइपुग्यो


सुर्खेत – कोरोना भाइरस अर्थात (कोभिड–१९ ) को परीक्षण अब कर्णाली प्रदेशबाटै हुने भएको छ । बुधबार संघीय सरकारले कर्णाली प्रदेश सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन उपलब्ध गराएसगै कोरोना परिक्षण अब प्रदेशबाटै हुने भएको हो ।

उक्त मेसिन आज हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो । मेसिन कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिनेछ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यका अनुसार मेसिनको जडान कार्यसुरु गरिएको छ ।

अहिलेसम्म कर्णाली प्रदेशबाट कोरोनाको आशंका गरिएका बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले आज मेसिन जडान गर्ने काम गरिने र त्यसपछि परीक्षण गर्ने जानकारी दिइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ