२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतबाटै ‘कोभिड–१९’ को परीक्षण सुरु

सुर्खेतबाटै ‘कोभिड–१९’ को परीक्षण सुरु


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाटै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरुभएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेसगै कोरोना परिक्षण कर्णालीमै हुने भएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन ल्याई प्रयोगशालाको तयारी भएसगै बिहीबार देखि परिक्षण सुरु गरिएको छ । करिब २५ लाख रुपैयाँको लागतमा केन्द्र सरकारले थ्रोट नमुना टेस्ट मेसिन उपलब्ध गराएको  हो।

उक्त मेसिन जडान पछि कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो प्रदेशका विभिन्न जिल्लावाट नमुना संकलन गरी बिहिबार चार जनाको नमुना जाँच गरिएको थियो । जसमा चार वटै रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका ल्याव युनिटि इचार्ज ओम आचार्यकाले जानकारी दिए । त्यस्तै शुक्रबार ११ जनाको नमुना जाँच गरिएकोमा ११ वटै नेगेटिभ आएको उनको भनाई छ । आचार्यले भने, दैनिक १५ वटा स्याम्पल टेष्ट गर्ने लक्ष्य लिएका छौ, तर एउटा रिपोर्ट आउन एक घण्टा लाग्ने भएकाले समस्या भएको छ ।

प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्मर खड्काले सुरुमा प्रयोगशालामा ३ जनाको जनशक्ति खटाइएको जानकारी दिए । प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीलाई केन्द्रबाटै खटाइएका क्लिनिकल माइक्रोबायोलोजिष्ट रामकृष्ण श्रेष्ठले तालिम दिइरहेका छन । यसअघि कोरोना परीक्षणका लागि नमुना संकलन गरी जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउनुपर्ने बाध्यता थियो । कर्णालीबाट अहिलेसम्म कोरोना भाइरसको संक्रमणको आशंका गरेर केन्द्रमा पठाइएका ३१ जना र प्रदेशमै जाँच गरिएका १५ जना गरी जम्मा ४६ जनाको नमुना परीक्षण गरिएको छ । तीमध्ये सबै रिपोर्ट आइसकेकोमा कसैमा कोरोनाको संक्रमण देखिएको छैन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ